विप्लवका दुई कार्यकर्ता प्रहरीको नियन्त्रणमा

८ मंसिर २०७६, आईतवार १७:१९
 

सदरलाइनडटकम,
बर्दिया : नेत्रविक्रम चन्द समूहका दुई कार्यकर्तालाई बर्दिया प्रहरीले नियन्त्रणमा लिएको छ । सो समूहका बर्दिया जिल्ला कमिटी सदस्य बढैयाताल गाउँपालिका ४ दक्षिण भकारीका २८ वर्षीय रमेश विक र कार्यकर्ता २७ वर्षीय सञ्जु चौधरीलाई बाँसगढी नगरपालिका ३ भगराचोक र सिजी प्रालिको मूलढोकामा शनिवार राति प्रचार सामग्री टाँस्दै गर्दा नियन्त्रणमा लिइएको जिल्ला बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय मोतीपुरका प्रमुख इन्द्रजित सुनारसहितको गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो । विक र चौधरीबाट ५० थान पर्चा पम्प्लेटसमेत बरामद गरिएको छ ।

Next Post

लागुऔषधसहित दाङमा आठ जना पक्राउ

८ मंसिर २०७६, आईतवार १७:१९
सदरलाइनडटकम, दाङ : प्रतिबन्धित लागुऔषधसहित दाङमा आठ जना पक्राउ परेका छन् । सादा पोसाकमा गएको प्रहरी टोलीले १० ग्राम ब्राउन सुघरसहित पाँचजनालाई घोराही उपमहानगरपालिका वडा नं १४ बसपार्कबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । त्यस्तै घोराही उपमहानगरपालिका वडा नं १३ बाह्रकुने दह नजिकैबाट ३० ग्राम २ सय […]

सम्बन्धित