निकुञ्जमा पर्यटक बढेसँगै राजश्वमा वृद्धि

  
  प्रकाशित मितिः शुक्रबार, मंसिर ६, २०७६       | 104 Views   ||

सदरलाइनडटकम,
बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको संख्या बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७०/७१ मा १३ हजार २०७, आव २०७१/७२ मा १३ हजार ५४८, आव २०७२/७३ मा १० हजार ६४१, आव २०७३/७४ मा १८ हजार नौ, आव २०७४/७५ मा २० हजार ८४, आव २०७५/७६ मा २४ हजार ५५८, २०७६/७७ मा ६ हजार ७३५ गरी एक लाख ६ हजार ७३५ विदेशी पर्यटकले निकुञ्जको भ्रमण गरेका छन् । आव २०७५/७६ मा तीन करोड ७६ लाख ६० हजार ३४५ राजश्व सङ्कलन भएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए ।
यस आवमा २०७६/७७ मा रु ७६ लाख ९६ हजार ६८ राजश्व सङ्कलन भएको छ । चार वर्षको अवधिमा बर्दिया राष्ट्रिय निकुञ्जमा ४४ हजार १६६ विदेशी पर्यटक आएका छन् । निकुञ्जमा चार वर्षको अवधिमा ४४ हजार १६६ विदेशी पर्यटकले पाटेबाघ, एकसिङ्गे गैँडा एशियाका ठूलो राजागज हात्ती हेर्न पर्यटक आएको निकुञ्ज संरक्षण प्रमुख बरालले बताए ।
निकुञ्ज आउने आन्तरिक पर्यटकको संख्या धेरै रहेको बरालको बताउनुभयो । करीब ९६८ वर्ग्किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जको प्रमुख कार्यालय ठाकुरद्वारामा छ । पाटेबाघ, गैँडा, घडियाल गोही, डल्फिन, जरायो, कृष्णसारजस्ता लोपोन्मुख वन्यजन्तु पनि यस निकुञ्जमा संरक्षित छन् ।
विश्वको दुर्लभ वन्यजन्तु कृष्णसार हेर्न आउनेको यहाँ लर्को लाग्ने गर्दछ । बर्दिया राष्ट्रिय निकुञ्जलाई लक्षित गरी होटल क्षेत्रमा लगानी गर्ने क्रम पनि दिनानुदिन बढिरहेको बर्दिया राष्ट्रिय निकुञ्जका रेञ्जर पुष्प श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मितिः शुक्रबार, मंसिर ६, २०७६     5:56:03 PM  |