प्रधानमन्त्री ओलीसँग उपप्रधानमन्त्री यादव रुष्ट

६ मंसिर २०७६, शुक्रबार १७:४४
 

सदरलाइनडटकम,
काठमाण्डौ : मन्त्रिपरिषद् पुनर्गठनमा असतुष्टि जनाउँदै समाजवादी पार्टीले सरकार छाड्ने तयारी गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधवार गरेको मन्त्रिपरिषद् पुनर्गठन प्रक्रियामा असतुष्टि जनाउँदै सरकार छाड्ने तयारीमा लागेको हो । प्रधानमन्त्री ओलीले उपप्रधान तथा स्वास्थ्यमन्त्री रहेका समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई कानुन मन्त्रालयको जिम्मेवारी दिएपछि यादव रुष्ट भएका हुन् ।
मन्त्रिपरिषद् हेरफेर र नयाँ ल्याउने क्रममा समाजवादी पार्टीबाट राज्यमन्त्री बनेका डा. सुरेन्द्र यादवको पनि पद गएको छ । प्रधानमन्त्री ओलीले बुधवार नौ मन्त्रीहरु परिवर्तन गर्दै यादवको विभाग हेरफेर गरिदिएका थिए । उपप्रधानमन्त्री यादव विदेश भ्रमण (भारत) मा रहेकै बेला प्रधानमन्त्रीले उनको सरुवा गरेका थिए । यद्यपि, यादव काठमाण्डौ फर्किएलगत्तै पार्टीको बैठक बसेर सरकार छाड्ने निर्णय लिने बताइएको छ ।
पाँच दिने भ्रमणका लागि उनी नयाँदिल्ली गएका थिए । उनले नयाँदिल्लीमा रहँदा उच्च राजनीतिक भेटघाट गरेका छन् । नयाँदिल्लीबाटै असतुष्टि जनाउँदै यादवले सरकार छाड्ने तयारी गरिरहेको स्रोतको दाबी छ । मन्त्रिपरिषद् पुनर्गठनमा पार्टीलाई अपमानित गरेको भन्दै उनी रूष्ट भएका हुन् ।
उनलाई सरकारमा बस्न नैतिक संकट भएको हो । यादव फर्किएलगत्तै यादवले सरकार छाड्ने निर्णय हुनसक्ने उनले जनाए । ओली र यादवबीच पुहिल्यैदेखि असमझदारी सिर्जना हुँदै आइएको थिए । स्रोतका अनुसार ओलीले यादवलाई सरकार छाडेर मार्ग प्रशस्त गर्न दबाब दिएका थिए । यद्यपि, यादव नेपाल फर्किएलगत्तै सरकार छाड्ने नछाड्ने निधो गर्ने बताइएको छ ।


सम्बन्धमा खटपट
प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री यादवबीच महिनौदेखि सम्बन्ध चिसिएका थियो । संविधान संशोधनको नारा लिएर हिँडेका यादवलाई संविधान कार्यान्वयन गर्न निर्देशन दिने मन्त्रालयको जिम्मेवारी दिएपछि झन विवाद बल्झिएको छ ।
ओली र यादवबीच सम्बन्ध बिग्रेकै कारणले ओलीले एकलौटी ढंगबाट मन्त्रीपरिषद् पुनर्गठन गरेको उनीहरूको आरोप छ । भारत भ्रमणमा रहेकै बेलामा उनको जिम्मेवारी फेरवदल भएपछि उनीहरुको सम्बन्धमा दरार सिर्जना भएको हो । यादव र ओलीबीच यसअघिका दिनमा समेत बोलचाल बन्द रहेको उनीहरूनिकट स्रोत बताउँछ ।

Next Post

निकुञ्जमा पर्यटक बढेसँगै राजश्वमा वृद्धि

६ मंसिर २०७६, शुक्रबार १७:४४
सदरलाइनडटकम, बर्दिया : बर्दिया राष्ट्रिय निकुञ्जमा भ्रमण गर्ने पर्यटकको संख्या बढेसँगै राजस्वमा पनि वृद्धि भएको छ । निकुञ्जको तथ्याङ्कअनुसार आव २०७०/७१ मा १३ हजार २०७, आव २०७१/७२ मा १३ हजार ५४८, आव २०७२/७३ मा १० हजार ६४१, आव २०७३/७४ मा १८ हजार नौ, आव २०७४/७५ मा २० हजार ८४, आव […]

सम्बन्धित