‘कृषि अनुदानमा अनियमितताको विषय छानबिन हुन्छ’

५ मंसिर २०७६, बिहीबार १८:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले कृषि अनुदानमा अनियमितता भएको भए छानबिन गर्ने प्रतिबद्धता जनाएकी छन् ।
गृहजिल्ला बाँकेको नेपालगञ्जमा बिहीबार कृषि ज्ञान केन्द्रमा आयोजना गरेको अनुदानग्राही कृषक र सरोकारवालाबीचको अन्तरक्रिया कार्यक्रममा मन्त्री पौडेलले गैरकिसानले अनुदान लिएको भए असुल उपर गरिने पनि बताइन् ।
अनुदान रकम अनियमिततामा मन्त्री पौडेलमाथि आरोप लागिरहेको बेला उनले आफू र कर्मचारी सबैमाथि छानबिन गर्नुपर्ने बताइन् । ‘ममाथि पनि छानबिन हुनुपर्छ । कर्मचारीमाथि पनि छानबिन हुन्छ । कानुनभन्दा माथि कोही हुँदैन । कसुर गरेको भए सबैलाई दण्डित गर्नुपर्छ’, उनको भनाइ थियो ।
उनले प्रदेश सरकारले कृषिलाई प्राथामिकता दिएको बताउदै कृषिक्षेत्रलाई यान्त्रिकरण गर्ने उदेश्यले आव्हान गरीको कोटेशनमा १६ हजार बढी किसानले आवेदन दिएको तर, प्रदेश सरकारले अत्यन्तै थोरै २ हजार २ सयलाई मात्र दिनसकेकोले पनि केही निरास भएको हुनसक्ने बताईन ।
उनले अनुदानको विषयलाई विवादको विषय नबनाउन आग्रह गर्दै अव भूमि हीन र साना किसानलाई ९० प्रतिशत अनुदान दिई करार खेतीतर्फ आकर्षण गराउने, कृषि क्षेत्रमा सुलभ कर्जाको व्यवस्था गरिने लगायतका योजना रहेको बताईन ।
उनले कृषि क्षेत्रबाट विचौलिया हटाई बजारिकरण गर्ने योजना रहेको बताउदै भनिन–‘माटो र गोबर नछुने तर, सबै भन्दा बढी फाईदा लिनखोज्ने बिचौलियाको बिकल्प खोजि कृषि उपज सहरकारी मार्फत संकलन गरी किसानलाई नै फाइदा हुने गरे बजारीकरण गरिने छ ।’
कार्यक्रममा कृषि सञ्जाल बाँकेका संयोजक शेषकान्त शर्माले प्रदेश सरकारको कृषि अनुदानको बारेमा अनुगमन गर्न आएको संसदिय समितिले पूर्वाग्रही भएर अनुगमन गरेको आरोप लगाए । उनले अनुगमन गर्न आएको संसदिय टोलीले किसानको घरगोठ र खेतबारी मै नपुगी हचुवाको तालमा अनियमितताको प्रतिबेदन तयार गरी अनयमितताको कुरा गरेर किसानले पाउदै आएको सुविधा कटौटी गर्ने नियत भएको बताए ।
प्रदेश ५ का भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले कृषिका विभिन्न क्षेत्रमा किसानलाई अनुदान दिएको विषयमा अनियमितता भएको गुनासो आएपछि अनुदान पाएका किसानको स्थलगत अवस्था नै नबुझी पूर्वाग्राही रुपले अनुगमन गरेको आरोप लगाउदै बाँके कोहलपुरका भैसि पालक किसान अर्जुन पौडेलले कृषि कर्म गर्ने किसानलाई अनुदान भन्दापनि उसको उत्पादनको बजार भए पुग्ने कुरा राख्दै हरेक क्षेत्रमा रहेका बिचौलियाको अन्त्य हुन आवश्यक रहेको औल्याए ।
बर्दिया बढैयातालका दुग्ध उत्पादक किसान ईन्द्र प्रसाद लुईटेलले पूर्वाग्राही भएर अनुगमन गरी अनावश्यक हल्ला फिजाउदा मेहनती किसानको मनोबल खस्केको उल्लेख गर्दै आफुहरुले अनुदान लिदा काटिनु पर्ने कर बाहेक बाँकी सबै रकम पाएको दाबी गरे ।
बर्दिया गुलरिया किसान समुहका संयोजक ईन्दिरा सुवेदीले समयानुकुल कर्मचारी अपडेट हुन नसक्दा र आउने अनुदानको कार्यक्रम समयमा नआउदा किसानहरु मर्कामा पर्ने गरेको भन्दै यस्तो कार्यक्रम समयमा किसान समक्ष पुराउन सबैको ध्यान जानु पर्ने बताईन । उनले कृषिलाई प्रविधिसंग जोड्नको लागि प्रदेश सरकारले अझै बढी पहल गर्नुपर्ने सुझाव दिईन ।

Next Post

नेपालगञ्ज म्याराथनको तयारी सकियो

५ मंसिर २०७६, बिहीबार १८:१५
सदरलाइनडटकम, नेपालगञ्ज :  क्रिएटिभ ह्याण्डसको आयोजना तथा नेपालगन्ज उप महानगरपालिकाको सह आयोजनामा हुने नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणको सबै तयारी पुरा भएको आयोजकले पत्रकार सम्मेलन मार्फत जनाएको छ । सरकार र सशस्त्र द्वन्द्वरत तत्कालिन माओवादीबीच बृस्तित शान्ति सम्झौता भएको दिन मंसिर ५ लाई स्मरण गर्दै वितेका ४ वर्ष यता हरेक वर्ष […]