उपभोक्ता समितिलाई तालिम दिँइदै

५ मंसिर २०७६, बिहीबार १६:५७
 

सदरलाइनडटकम,
जानकी (बाँके) : जानकी गाउँपालिकाले आर्थिक वर्ष २०७६/०७७ को योजना कार्यान्वयन गर्न गठन भएका उपभोक्ता समितिका लागि अभिमुखीकरण शुरु गरेको छ । वडा नं. ५ र ६ मा गठन भएका उपभोक्ता समितिका पदाधिकारीहरुका लागि आयोजित अभिमुखीकरण तालिमको उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष रामनिवास यादवले योजनाको स्टिमेट अनुसार गुणस्तर कायम गरेर निर्माण कार्य समयमै सम्पन्न गर्न आग्रह गरे ।
उनले स्टिमेटभन्दा बाहिर गएर गरिएको निर्माणको फच्छर्योट नहुने भएकाले जनसमुदायबाट समेत फच्छर्योट हुनेगरी काम गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा उपाध्यक्ष भूमिसरा धितालले आफ्नो वडाको विकास गर्ने अवसर पटक पटक नआउने भएकाले यो अवसरलाई सदुपयोग गर्दै इमान्दारिताका साथ काम गर्न आग्रह गरिन् ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जनतासामु पारदर्शी र इमान्दारिताका साथ गुणस्तरीय काम गर्नु उपभोक्ता समितिको जिम्मेवारी भएको उल्लेख गरे ।

Next Post

सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक नरैनापुरमा

५ मंसिर २०७६, बिहीबार १६:५७
सदरलाइनडटकम, नरैनापुर (बाँके) : बाँकेका सरकारी कार्यालय प्रमुखहरुको नियमित बैठक बिहीवार नरैनापुर गाउँपालिकामा बसेको छ । हरेक महिना नियमित रुपमा बस्दै आएको बैठक गत बर्षदेखि गाउँपालिका स्तरमा पनि बस्न थालेको हो । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षता तथा बाँके क्षेत्र नम्बर १ ‘क’ की प्रदेश सभा सांसद् कृष्णा केसी […]