हुम्लामा चिसो बढेसँगै प्रहरी चौकी सर्दै

४ मंसिर २०७६, बुधबार १४:११
 

सदरलाइनडटकम,
हुम्ला : हुम्ला उच्च हिमाली जिल्ला भएकाले चिसो बढेसँगै सीमा क्षेत्रमा रहेका प्रहरीचौकी सार्न थालिएको छ । जिल्लाको उत्तरी नाम्खा गाउँपालिकाको लिमीमा रहेको प्रहरीचौकी सारिएको छ ।
यहाँ चिसो माइनस एक डिग्रीमा पुगेसँगै उत्तरी क्षेत्रमा रहेको लिमी प्रहरीचौकीका इञ्चार्ज दीपेन्द्र पन्तको नेतृत्वमा रहेको ११ जनाको टोली जिल्ला प्रहरी कार्यालय सिमकोट सारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीमगरले जानकारी दिए । कात्तिक महिनाको मध्य महिनादेखि हुम्लामा चिसो बढ्ने भएका उत्तरी नाम्खा गाउँपालिकामा बढी चिसो हुने भएकाले प्रहरी चौकी सारिएको प्रहरी नायब उपरीक्षक घर्तीमगरले जानकारी दिए ।
जिल्ला सदरमुकामभन्दा नाम्खा गाउँपालिका उपल्लो हुम्ला भएकाले चिसो अत्यधिक हुने गरेको छ । यतिबेला लिमीमा हिउँसमेत जमेकाले बिहान बेलुका बढी चिसो हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । कर्णाली प्रदेशका अन्य जिल्ला मध्य हुम्लामा बढी हिमपात हुनुका साथै चिसो बढी हुने भएकाले उच्च क्षेत्रमा रहेका प्रहरीचौकी सारिने गरिन्छ ।
उत्तरी नाम्खा गाउँपालिकाको लिमी, तिल, जाङ, हल्जी, यारी, हिल्सालगायतका क्षेत्रमा बाक्लो हिमपात हुने भएकाले यहाँका स्थानीय जिल्ला बाहिर काठमाडौँ, नेपालगञ्ज, सुर्खेतलगायतका शहरमा बसाइँसराइ गर्ने गर्दछन् ।

Next Post

धारा नेपालगञ्ज म्याराथनलाई निदानको साथ

४ मंसिर २०७६, बुधबार १४:११
सदरलाइनडटकम, नेपालगञ्ज : आगामी शनिबार नेपालगञ्जमा आयोजना हुने धारा नेपालगञ्ज म्याराथनको पाँचौं संस्करणदेखि साझेदार थपिने क्रम जारी छ । सो प्रतियोगितासंग लामो यात्राका लागि निदान डाइग्नोस्टिक एण्ड हेल्थ सेन्टरले पनि दुई बर्षे सहकार्यको सम्झौता गरेको छ । त्यसलाई निरन्तर सहकार्य गर्ने निदान डायग्नोस्टिक एण्ड हेल्थ सेन्टरको प्रबन्धनिर्देशक सन्दिप पोखरेलले प्रतिवद्धता […]

सम्बन्धित