अबैध पेस्तोलसहित पक्राउ परेका तरुणदलका नेता शाह पुर्पक्षको लागि कारागार चलान

३ मंसिर २०७६, मंगलवार १३:२२
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  गत कात्तिक १४ गते हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
बाँके जिल्ला अदालतले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । शाहसंगै पक्राउ परेका अन्य तीन जनालाई भने जनही एक लाख ५० हजार रुपैयाँ धरौटी माग गरिएको छ । धरौटी जम्मा गर्न नसकेको कारण उनीहरु पनि कारागार चलान भएको प्रहरी नायव उपरीक्षक सिंहले जानकारी दिए ।
सरकारी वकिल कार्यालयले गत शुक्रबार नगर सभापति शाहसहित चार जनालाई हातहतियार तथा खरखजना मुद्दामा पाँच वर्ष सजाय माग गर्दै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो ।
उनीहरुविरुद्धको मुद्दामा थुनछेक बहस सकिएपछि सोमबार अदालतले शाहलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो । शाहसहित पक्राउ परेका माधव नेपाली, प्रितम थापा र यामबहादुर बुढामगरलाई भने धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
गत कात्तिक १४ गते राति साढे ८ ः ०० बजे नेपालगन्ज–२० मा रहेको नमस्ते भिलेज रिसोर्टबाट अमेरिकन आधुनिक पेस्तोल र गोलीसहित तरुण दलका नगर सभापति शाहलाई इलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीको टोलीले पक्राउ गरेको थियो ।
यता नेपाल तरुण दल बाँकेले आफ्ना कार्यकर्तालाई प्रहरी प्रसाशनले फसाएको भन्दै चरणबद्ध आन्दोलन सहित एकदिने बाँके बन्दको समेत आव्हान गरेको थियो ।

Next Post

न्यूनतम पारिश्रमिक मागगर्दै नेपालगञ्ज मेडिकल कलेजका नर्सिङ्गस्टाफ चरणबद्ध आन्दोलनमा

३ मंसिर २०७६, मंगलवार १३:२२
सदरलाइन / लक्ष्मी तिमिल्सेना नेपालगञ्ज  :  लडबुद्व एजुकेशनल एकेडेमीका ट्रेनि स्टाफ नर्सहरुलाई न्युनतम पारिश्रमीक समेत नदिई काम गराएको भन्दै नेपाल स्वास्थकर्मी तथा कर्मचारी युनियन र लडबुद्व एजुकेशनल एकेडेमी कर्मचारी संघठनले विरोध प्रर्दशन गरेको छ । संघठनका कार्यबाहक सभापति मुस्लिम खाँनले लडबुद्व एजुकेशनल एकेडेमीका ट्रेनि स्टाफ नर्सहरुले सुब्बा सरहको तलब पाउनु […]