हज गर्न मक्का जानेका लागि आवेदन खुल्यो

३ मंसिर २०७६, मंगलवार १०:२१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : आगामी वर्ष अर्थात सन् २०२० मा नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जान चाहने नेपाली मुसलमानहरुका लागि आवेदन खुलेको छ ।

नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत रहेको नेपाल हज समितिले गत आइतबारदेखि मंसिर १ गतेदेखि ३० गतेसम्मका लागि आवेदन खुला गरेको हो ।

यात्रीहरुले जिल्ला प्रशासन कार्यालयमार्फत अथवा गृहमन्त्रालयको वेबसाइटमार्फत् फारम भर्न सक्ने मन्त्रालयले जनाएको छ ।

हज गर्न जानेहरुले आवेदनमा नेपाली नागरिकताको प्रतिलिपि, सक्कल राहदानी, राहदानीको प्रतिलिपि र हालसालै खिचिएको फोटो ४ थान माग गरिएको छ ।


यसैगरी, आवेदनसहित हवाई टिकटको रकम, साउदी अरबमा लाग्ने घर भाडा र मौलिक दस्तुरलगायतका लागि प्रथम किस्ता एक लाख २५ हजार रकम बैंकमा तिरेको भौचरको माग गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंक अथवा सनराइज बैंकको कुनै पनि शाखाबाट नेपाल हज समितिको खातामा रकम दाखिला गर्न सकिनेछ ।

हजमा जान चाहने महिलाहरुले भने नाता प्रमाणित गर्नु पर्नेछ । ७५ वर्ष नाघेका हजयात्रीहरूले आफनो साथ एक जना युवा सहयोगी लैजान अनिवार्य रहेकोछ ।

गत वर्ष अवसर पाएर पनि हज गर्न जान नसकेका २ सय २० जनालाई यस वर्ष पहिलो प्राथमिकता दिइने नेपाल हज कमिटीका सदस्य मेराज हिमालयले जानकारी दिए ।
उनले हजसम्बन्धी व्यवस्थाको बुंदा नं ८.मा उल्लेख भए अनुसार हज गएको ३ बर्षेसम्म पुन जान नपाईने व्यवस्था खारेज भएको र अबदेखि पुनह हजमा जाने बाटो खोलिएकोले साउदी सरकारलाई धन्यबाद ब्यक्त गरेका छन ।

Next Post

अबैध पेस्तोलसहित पक्राउ परेका तरुणदलका नेता शाह पुर्पक्षको लागि कारागार चलान

३ मंसिर २०७६, मंगलवार १०:२१
सदरलाइनडटकम, नेपालगञ्ज  :  गत कात्तिक १४ गते हतियारसहित पक्राउ परेका तरुण दल नेपालगञ्जका नगर सभापति सन्दीपजङ्ग शाह पुर्पक्षका लागि कारागार चलान भएका छन् । बाँके जिल्ला अदालतले सोमबार शाहलाई पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए । शाहसंगै पक्राउ […]