पूर्वराजा ज्ञानेन्द्र नाइट क्लबमा नाचेपछि…

  
  प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६       | 106 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : पूर्वराजा ज्ञानेन्द्र शाह ठमेलको एउटा नाइट क्लबमा नाचेको फोटो र भिडियो सार्वजनिक भएको छ । परिवारका सदस्यसहित नाइट क्लबमा पुगेका ज्ञानेन्द्र सहभागीहरुसँग हात समाउँदै, नाच्दै गरेको फोटो र भिडियो एलओडी नाइट क्लबले आफ्नो फेसबुक पेजमार्फत सार्वजनिक गरेको हो ।
पूर्वराजा ज्ञानेन्द्र शाहको साथमा बुहारी हिमानी तथा छोरी प्रेरणा पनि छन् । ज्ञानेन्द्र र हिमानी नाचेको भिडियो र फोटो सार्वजनिक भएपछि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रशंसा गर्नुभएको छ ।


उनले ट्वीटरमा लेखेका छन, राप्रपाले परिकल्पना गरेको राजासहितको लोकतन्त्रको एक उपमा । जनताको राजा, नागरिक राजा । जनताको सुखमा रमाउने, दुःखमा चिन्तित रहने, जनताको साथमा रहने । संविधानको परिधिभित्र रहने, राष्ट्रियता र राष्ट्रिय एकताको प्रतिक राजसंस्था ।

[SURPRISE VISIT BY ROYAL FAMILY] @ L.O.D

[SURPRISE VISIT BY ROYAL FAMILY] @ L.O.DFULL VIDEO ON YOUTUBE – ( https://www.youtube.com/watch?v=QIMWBCSOwYw&feature=youtu.be )Video by : Shreizan Shrestha

Gepostet von LOD – Lord of the Drinks am Sonntag, 17. November 2019

प्रकाशित मितिः सोमवार, मंसिर २, २०७६     4:15:22 PM  |