बर्दिया प्रहरीद्वारा ५८ किलो चरेशसहित पाँच पक्राउ

  
  प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६       | 189 Views   ||

सदरलाइनडटकम,
गुलरिया (बर्दिया) : बर्दिया प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागु औषध चरेससहित पाँच जनालाई नियन्त्रणमा लिएर अनुसंन्धान सुरु गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाले आइतबार बिहान पत्रकार सम्मेलनको आयोजना गरी सो बारे जानकारी दिएको छ । बर्दिया प्रहरीका अनुसार प्रहरी सहायक निरिक्षक सुनील बश्याल सहितको विशेष गस्ती टोलीले गुलरिया–७ नजिकैको सडकबाट ५८ किलो चरेससहित ५ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा पुर्वी रुकुम घरभई हाल दाङ घोराही नगरपालिकामा बस्दै आएका ३४ वर्षिय राजकुमार पुनमगर, २७ वर्षिया जुनतारा पुन, ३४ वर्षिया सुनथामी बुढामगर, पुर्वी रुकुमको पुथा उत्तरगंगा गाउपालिका बस्ने २६ वर्षिया अस्मिता रामजाली र रोल्पाको दुईखोली गाउपालिका ८ घर भई हाल दाङको घोराई नगरपालिकामा बस्ने २९ वर्षिय खीमप्रसाद रोकामगर रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
सडकमा संकास्पद रुपमा हिडिरहेको अवस्थामा गस्तीमा रहेको प्रहरी टोलीले उनीहरुलाई रोकी शरिर तथा बोकेको झोला खानतलासी गर्दा झोला भित्र लुकाई छिपाई राखेको अवस्थामा सो चरेस बरामद भएको हो ।
प्रहरीले उनीहरुबाट ५८ किलो चरेस, भारतीय र नेपाली रुपैया गरि नगद ३२ हजार ५ सय ९८ रुपैया र उनीहरुको साथमा रहेको ५ थान मोबाइल समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरिक्षक रामशंकर कोहारले बताए ।
पक्राउ परेका पाँचै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भइ रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनीहरुलाई लागु औषध नियन्त्रण ऐन २०३३ को परिच्छेद ३ को दफा (घ) को ५ अनुसार १० किलो ग्राम भन्दा माथी जति सुकै भए पनि २ वर्षदेखि १० वर्षसम्म कैद र १५ हजारदेखि १ लाखसम्म जरिवाना हुने कानुनी प्रावधान रहको छ ।

प्रकाशित मितिः आइतवार, मंसिर १, २०७६     2:18:09 PM  |