प्रतिबन्धित जडीबुटीसहित बाँकेमा तीन पक्राउ

३० कार्तिक २०७६, शनिबार १७:५०
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके) : प्रतिबन्धित पाँच ओले जडिबुटीसहित शनिवार बाँकेमा तीन जना पक्राउ परेका छन् । कोहलपुर नगरपालिका वडा नं. ११ लोकनगरबाट ५ किलो पाँच ओले जडीबुटीसहित कालीकोट पचाल झरना गाउँपालिका ५ का ४६ वर्षीय अग्र बम, जुम्लाको हिम गाउँपालिका वडा नं. ६ बस्ने ३६ वर्षीया यमराज अधिकारी र कोहलपुर ११ बस्ने ५४ वर्षीय बिर बहादुर शाही पक्राउ परेका हुन् ।
५ नं. प्रदेश प्रहरी कार्यालय अनुसन्धान ब्युरो दाङ र इलाका प्रहरी कार्यालय कोहलपुरबाट गएको टोलीले शनिवार दिउँसो खानतलासी गर्दा उनीहरुको साथबाट उक्त परिमाणको प्रतिबन्धित जडीबुटी बरामद भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा राखिएको प्रहरी नयाब उपरीक्ष हेमबहादुर शाहीले जानकारी दिए ।


किलो

Next Post

जनमतको रक्तदानमा उनान्तीस जना सहभागी

३० कार्तिक २०७६, शनिबार १७:५०
सदरलाइनडटकम, नेपालगञ्ज : जनमत अर्धसाप्ताहिकद्वारा शनिवार नेपालगञ्जमा आयोजित रक्तदान कार्यक्रममा ४ जना महिलासहित २९ जनाले रक्तदान गरेका छन् । कार्यक्रममा स्वयंसेवी रक्तदाता, पत्रकार, उद्योग व्यवसायीलगायतले रक्तदान गरेका हुन् । त्रैमासिक रक्तदान कार्यक्रमको ४४ औं श्रृङ्खलामा नेपाल रेडक्रस सोसाइटी बाँके शाखाका सभापति गोवद्र्धन सिंह सम्झना र कार्यक्रम संयोजक पवन जायसवालले दुई […]