ट्रम्पले कुटनीतिज्ञलाई धम्क्याएको आरोप

३० कार्तिक २०७६, शनिबार १३:४६
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने सम्बन्धमा भइरहेको अनुसन्धानको क्रममा सार्वजनिकरुपमा सुनुवाई गरिएको छ । आफूविरुद्ध सार्वजनिक सुनुवाइमा बयान दिने उच्च कूटनीतिक अधिकारीलाई लक्षित गरेर राष्ट्रपति ट्रम्पले गम्भीर आलोचनात्मक ट्वीट गरिरहेका छन् ।
राष्ट्रपति ट्रम्पले सार्वजनिक सुनुवाइमा उपस्थित भएकी युक्रेनका लागि अमेरिकी पूर्व राजदूत मरी योवानाविचको आलोचना गरेर ट्वीट गरेका हुन् । महाअभियोग अनुसन्धानको क्रममा मरी योवानाविचको सुनुवाइ भइरहेका बेला ट्रम्पले ट्वीट गरेका हुन । उनले योवानाविचलाई धम्क्याउने खालको ट्वीट गरेको बीबीसीले जनाएको छ ।
सुनुवाइका क्रममा योवानाविचलाई ट्रम्पको ट्वीटबारे पनि प्रश्न गरिएको समाचारमा जनाइएको छ । राष्ट्रपति ट्रम्पले पत्रकारसँग आफूले अनुसन्धानको क्रममा भइरहेको सुनुवाइको केही भाग हेरेको र त्यो लज्जास्पद रहेको प्रतिक्रिया दिएका छन् । सुनुवाइका क्रममा पूर्व राजदूत योवानाविचले केही प्रमाणहरु प्रस्तुत गरेको बताइएको छ ।
ट्रम्पमाथि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेर बाइडेन र उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार आरोपमा छानबिन गर्न दबाब दिएको आरोप छ । ट्रम्पले आफूले कुनै अवैध काम नगरेको र भइरहेको महाभियोग लगाउने सम्बन्धी अनुसगलत भएको बताउँदै आएका छन् । (एजेन्सी)

Next Post

सचिनको टिमद्धारा विनोदको टिम पराजित

३० कार्तिक २०७६, शनिबार १३:४६
सदरलाइनडटकम, काठमाण्डौ : युनिसेफको आयोजनामा कीर्तिपुरमा भएको खेलमा सचिन तेन्दुलकरको टिमले विनोद दासको टिमलाई हराएको छ । ४५ रनको विजयी लक्ष्य पछ्याएको सचिनको टोलीले विनोदको टिमलाई ६ विकेटले हराएको हो । कीर्तिपुरको त्रिवि मैदानमा १० ओभरमा खेल खेलाउने बताइएपनि आठ ओभरको खेलमात्र भएको थियो । जसमा पहिले ब्याटिङ गरेको विनोद […]