समाजिक विकास मन्त्री बरालद्वारा नरैनापुर क्षेत्रको अवलोकन

३० कार्तिक २०७६, शनिबार ०९:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । बाँके निर्वाचन क्षेत्र नं. १ (क) अन्तरगत पर्ने सो क्षेत्रको समग्र अवस्थाको बारेमा अवलोकन गर्न उनी पहिलोे पटक पुगेका हुन । उनले समग्र बघौडा क्षेत्रको विकासको लागि प्रदेश सरकारले हातेमालो गर्न तयार रहेको बताए ।
सो क्षेत्रबाट प्रदेश सभामा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य कृष्ण केसी नमुनाको प्रयासमा पुगेका समाजिक किास मन्त्री बरालले सो क्षेत्रका विद्यालयको अवलोकन गर्नुको साथै साक्षरता अभियानको लागि सहयोग गर्ने प्रतिबद्धता जनाए ।
मन्त्री बरालले प्रदेश सरकारको ४० लाख आर्थिक सहयोगमा राप्तीसोनारी गाउपालिका–७ को नेरामाविको नवनिर्मित चारकोठे भवनको औपचारिक उद्घाटन समेत गरेका थिए ।
‘बघौडा क्षेत्र खासगरी राप्तीसोनारी र नरैनापुरको विकासको लागि प्रदेशको सामाजिक विकास मन्त्रालयबाट हुनसक्ने संभावनाको लागि मन्त्रीज्यु सहितको टोली नरैनापुर पुगेका हौ’– प्रदेश सांसद नमुनाले भनिन ।
उनले आफु सो क्षेत्रबाट निर्वाचित भएपछि सो क्षेत्रमा बाटो, बिद्युत, सञ्चार, स्वास्थ्य र शिक्षाको विकासका लागि विभिन्न क्षेत्रसंगको समन्वयमा पहल गर्दै आईरहेको बताईन ।
केहीसमय अघिसम्म बाटोको कारण नरैनापुर पुग्न दिनभर लाग्ने अवस्था निर्माणको अन्तिम चरणमा पुगेको हुलाकी सडकले सजह बनाएको र अब केही महिना भित्रै विजुली पुराउने तयारीमा रहेको उनी बताउछिन ।

Next Post

आधुनिक उपकरणसहित ‘निदान डाईगोनोष्टिक हेल्थ केयर’ सञ्चालनमा ल्याईदै

३० कार्तिक २०७६, शनिबार ०९:५९
सदरलाइनडटकम, नेपालगञ्ज  : नेपालगञ्जमा आधुनिक स्वास्थ्य प्रयोगशाला सचालनमा ल्याईने भएको छ । निदान डाईगोनोष्टिक हेल्थ केयर प्रालिले ३ करोड बढीको लगानीमा नेपालगञ्जको पासाङ्गल्हामु मार्गमा सो प्र्रयोगशाला सञ्चालनमा ल्याउन लागेको हो । सो डाईगोनोष्टिक सेन्टर नेपालगञ्जमा सेवा दिई रहेका भन्दा आधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशालाको रुपमा सञ्चलनमा ल्याउने तयारीमा रहेको […]

सम्बन्धित