अमेरिकामा आफ्नै साथीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

२९ कार्तिक २०७६, शुक्रबार १६:५६
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित उच्च माध्यमिक विद्यालयमा एक विद्यार्थीले आफ्ना ५ साथीमाथि गोली चलाएका छन् । घटनामा १६ वर्षकी एक किशोरी र १४ वर्षीय एक किशोरको मृत्यु भएको छ भने बाँकी तीनजनाको अवस्था गम्भीर छ ।
आफ्नो जन्मदिनको दिन ती विद्यार्थीले कम्मरमा पेस्तोल बोकेर विद्यालय गएको र १६ सेकेन्डभित्रमा पाँच जना साथीमाथि गोली चलाएको प्रहरीले जनाएको छ । साथीमाथि गोली चलाएपछि उनले आफूमाथि पनि गोली चलाएका थिए ।
लस एन्जल्सका एक अधिकारीले गोली चलाउने नथानेल बेर्हो नामका विद्यार्थीको अवस्था पनि गम्भीर रहेको बताएका छन् । बिहान कक्षा शुरु हुनुभन्दा अघि नै उनले गोली चलाएको र गोली चलेको थाहा पाउनासाथ अधिकांश विद्यार्थीहरु भागेको अधिकारीहरुले जनाएका छन् ।
प्रहरीले घटनामा कुनै आतंकवादी संगठनको हात नरहेको अनुमान गरेका छन् । विद्यार्थीबीचको आपसी टसलका कारण गोली चलेको हुन सक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । (एजेन्सी)

Next Post

समाजिक विकास मन्त्री बरालद्वारा नरैनापुर क्षेत्रको अवलोकन

२९ कार्तिक २०७६, शुक्रबार १६:५६
सदरलाइनडटकम, नेपालगञ्ज  :  प्रदेश नं. ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले बाँकेको नरैनापुर क्षेत्रको स्थलगत अवलोकन गरेका छन् । बाँके निर्वाचन क्षेत्र नं. १ (क) अन्तरगत पर्ने सो क्षेत्रको समग्र अवस्थाको बारेमा अवलोकन गर्न उनी पहिलोे पटक पुगेका हुन । उनले समग्र बघौडा क्षेत्रको विकासको लागि प्रदेश सरकारले हातेमालो […]

सम्बन्धित