आमाछोरीको हत्या आरोपमा दुई पक्राउ

२९ कार्तिक २०७६, शुक्रबार १४:४४
 

सदरलाइनडटकम,
गुल्मी : आमाछोरीसहित तीन जनाको हत्या आरोपमा दुई जनालाई पक्राउ गुल्मी प्रहरीले सार्वजनकि गरेको छ । चन्द्रकोट गाउँपालिका–३ हर्राचौरमा झण्डै १५ दिन पहिले बेवारिसे अवस्थामा फेला परेका ३ वटा शवको पहिचाहनसँगै हत्यामा आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले शुक्रवार सार्वजनिक गरेको हो ।
बाग्लुङ गल्कोट नगरपालिका ८ ज्यामिरेका ४६ वर्षीय पूर्णबहादुर सुनार र १९ वर्षीय माधव सुनार पक्राउ परेको र अर्का एक अभियुक्त फरार रहेकोले खोजी भईरहेको गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले बताए ।
मृत्यु हुनेमा मोरङ कानेपोखरी गाउँपालिका– ३ हरकपुर घर भई हाल पोखरा महानगरपालिका बस्दै आएकी ३२ वर्षीया सरिता भन्ने शिवमाया लिम्बु र उनका ७ वर्षका जुम्ल्याहा छोरीहरु गंगा र जमुना रहेको प्रहरीले बताएको छ ।
जिल्ला प्रहरी कार्यालय गुल्मी र केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले उनीहरुलाई पोखरा महानगरपालिका २५ हेम्जास्थित डेराबाट पक्राउ गरेको हो । तीन जनाको निर्ममतापूर्वक हत्या गरी कच्ची सडकबाट ४ मिटर पर शव फालिएको अवस्थामा भेटिएको थियो ।

Next Post

अमेरिकामा आफ्नै साथीमाथि गोली चलाउँदा २ जनाको मृत्यु, ३ को अवस्था गम्भीर

२९ कार्तिक २०७६, शुक्रबार १४:४४
सदरलाइनडटकम, काठमाण्डौ : अमेरिकाको दक्षिण क्यालिफोर्नियास्थित उच्च माध्यमिक विद्यालयमा एक विद्यार्थीले आफ्ना ५ साथीमाथि गोली चलाएका छन् । घटनामा १६ वर्षकी एक किशोरी र १४ वर्षीय एक किशोरको मृत्यु भएको छ भने बाँकी तीनजनाको अवस्था गम्भीर छ । आफ्नो जन्मदिनको दिन ती विद्यार्थीले कम्मरमा पेस्तोल बोकेर विद्यालय गएको र १६ […]

सम्बन्धित