तरुण दलको बन्दका कारण जनजीवन प्रभावित

२९ कार्तिक २०७६, शुक्रबार ०९:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपाल तरुणदल बाँकेले आव्हान गरेको बन्दका कारण शुक्रबार बिहानैदेखि जनजीवन प्रभावित भएको छ । बन्दका कारण सार्वजनिक यातायात, विद्यालय, कलकारखाना व्यापार व्यावसाय प्रभावित भएका छन् ।

बाँके प्रहरीद्वारा अबैध हतियारसहित पक्राउ परेका तरुणदलका नेपालगन्ज नगर सभापति संदिपजंग शाहको रिहाईको मागका साथै प्रहरी प्रशासनले सत्ताको आडमा आफ्ना कार्यकर्ताहरुलाई अनाहकमा दुख दिएको भन्दै बन्द आव्हान गरीएहो हो ।

बन्द आव्हानकर्ताहरु शुक्रबार बिहानैदेखि नेपालगन्जको बीपिचोक र कोहलपुर चौराहमा झण्डासहित प्रदर्शन गर्नुको साथै आवागमन ठप्प पारेका छन् । तरुण दल बाँकेले प्रहरीले नगरसभापति शाहलगायत आफ्ना कार्यकर्तालाई अनाहकमा दुख दिएको भन्दै चरणबद्ध आन्दोलनमा छ ।


बाँके प्रहरीले तरुणदल नेपालगन्ज सभापति शाहलाई गत कात्तिक १४ गते साँझ नेपालगञ्ज–२० मा रहेको नमस्ते भिलेज रेस्टुरेन्टबाट अबैध अमेरिकन लोडेड पेस्तोल र त्यसको २ थान गोलीसहित पक्राउ गरेको थियो ।

तरुण दलको झण्डासहित नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु शुक्रबार बिहानैदेखि नेपालगञ्जको सुर्खेतरोडका विभिन्न चोकहरुमा तैनाथ रहेका छन् । बन्दको पूर्व सन्ध्यामा तरुण दलले बिहीबार साँझ राँके जुलुससमेत निकालेको थियो ।

Next Post

विप्लव समुहका जाजरकोट ईन्चार्ज वली कोहलपुरमा पक्राउ

२९ कार्तिक २०७६, शुक्रबार ०९:५३
सदरलाइनडटकम, कोहलपुर (बाँके) : इलाका प्रहरी कार्यालय कोहलपुरले नेकपा विप्लव समुहका जाजरकोट जिल्ला ईन्चार्जसमेत रहेका प्रेम प्रकाश वलीलाई कोहलपुर–२ सालको बुटा भन्ने ठाउँबाट बिहीबार राती साढे ११ बजे नियन्त्रणमा लिएको छ । जजरकोट नलगाड नगरपालिका वडा नं. ५ रघुनाथ घर भएका ४२ वर्षिय वली इप्रका कोहलपुरमा छन् । ईलाका प्रहरी […]