वालमैत्री शासन समिति खजुरामा गठन

२७ कार्तिक २०७६, बुधबार १८:५४
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने उद्देश्यले खजुरा गाउँपालिका स्तरीय बालमैत्री शासन समिति गठन गरिएको छ । खजुरा गाउँपालिका प्रमुख किस्मत कुमार कक्षपतिको संयोजकत्वमा गठित समितिले बालमैत्री स्थानीय शासन घोषणा गर्न नीतिगत तहबाट भूमिका खेल्ने छ ।
खजुरा गाउँपालिकामा रहेका ८ वटा वडामा वडा स्तरीय समिति गठनको साथै बिभिन्न ३९ सूचक पूरा गरी गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गरिने खजुरा गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपतिले बताए । उपाध्यक्ष एकमाया बिकले खजुरालाई नमूना गाउँपालिका उद्देश्य बोकेर अगाडि बढीरहेको सन्दर्भमा बालमैत्री स्थानीय शासन घोषणा गर्न सके नमूनाको एउटा सूचक पूरा हुने बताईन् ।
कार्यक्रममा महिला बिकास सहायक निरीक्षक सुशिला न्यौपानेले बालमैत्री स्थानीय शासन रणनीति २०६८ ले दिएको अधिकारको आधारमा बालमैत्री स्थानीय शासन समिति गठन गरिएको र सबै क्षेत्रबाट प्रतिनिधित्व गराई समितिलाई पूर्णता दिने जानकारी दिईन् । कार्यक्रममा सामाजिक बिकास बिज्ञ पूर्णचन्द्र उपाध्यायले बालमैत्री स्थानीय शासन घोषणा बिधि प्रकृया, उद्देश्य बारे सहजिकरण गरेका थिए ।

Next Post

घर छाडेका चारजना बालकलाई परिवारको जिम्मा लगाईयो

२७ कार्तिक २०७६, बुधबार १८:५४
सदरलाइनडटकम, कोहलपुर (बाँके)  : इलाका प्रहरी कार्यालय कोहलपुरले गत कत्तिक२० गतेदेखि घर छाडेर भारततर्फ हिडेका ४ जना बालकलाई खेजतालस गरी परिवारको जिम्मा लगाएको छ । इप्रका कोहलपुरका ईन्चार्ज हेमबहादुर शाहीले कोहालपुर नगरपालिका वडानं.१२ का १२ वर्षिय प्रकाश बिक, बर्ष ११ को दिपक तिरुवा, बर्ष १३ को श्याम बिक र बर्ष […]