महिला सदस्यलाई नेतृत्व विकास तालिम

  
  प्रकाशित मितिः मङ्लबार, कार्तिक २६, २०७६       | 84 Views   ||

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको समन्वय र स्याक नेपालको आयोजनामा बाँकेको खजुरा क्षेत्रका विद्यालय व्यवस्थापन समितिमा निर्वाचित महिला सदस्यलाई ३ दिने नेतृत्व विकास तालिम आयोजना गरिएको छ ।
तालिम उद्घाटनमा बोल्दै खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बमबहादुर केसीले विद्यालय सुधारका लागि महिलाको भूमिका महत्वपूर्ण हुने बताए । उनले काम गर्ने इच्छा चाहनाका साथ निर्वाचित भएर समितिमा प्रवेश गरेका महिलाहरुका लागि नेतृत्व विकास तालिम सहयोगीसिद्ध हुने विश्वास व्यक्त गरे । खजुरा क्षेत्रका १२ विद्यालयका २४ जना महिला सदस्यका लागि नेतृत्व विकास तालिमको आयोजना गरिएको स्रोत व्यक्ति टंक दाहालले जानकारी दिए ।
शैक्षिक गुणस्तर सुधार तथा विद्यालयको समग्र व्यवस्थापकीय पक्षमा नेतृत्वदायी भूमिकामा रहेका उनीहरुलाई तालिम दिएर आफ्नो दायित्व र जिम्मेवारी वहन गर्न थप उर्जा प्रदान गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको आयोजक संस्थाकी नेत्रकला शाहीले जानकारी दिइन् ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक २६, २०७६     6:20:52 PM  |