प्रधानमन्त्रीे सचिवालयका सबै सदस्यद्वारा राजीनामा

२४ कार्तिक २०७६, आईतवार १५:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिएका हुन् ।
प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन भनेपछि सचिवालयको सबै सदस्यले राजीनामा बुझाएका हुन् । मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई, जनसम्पर्क सल्लाहकार अच्युत मैनाली, स्वकीय सचिव इन्द्र भण्डारी, प्रेस सल्लाहकार कुन्दन अर्याल, सूचना प्रविधि सल्लाहकार असगर अलीसहित सबैले राजीनामा दिएका छन् ।

Next Post

धुमधामका साथ मनाईयो ‘मोहम्मद डे’

२४ कार्तिक २०७६, आईतवार १५:५१
सदरलाइनडटकम, नेपालगञ्ज  : ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैही वसल्लमको जन्म दिन ‘मोहम्मद डे’ बाँकेको नेपालगन्जमा धुमधामका साथ सम्पन्न भएको छ । ईस्लामी क्यालेण्डर हिजरी सम्वतको तेस्रो महिना रविउलअव्वलको अरबी १ तारिखदेखि १२ तारिखसम्म टोल गल्ली सजावट गर्ने र आइतबार १२ तारीखको दिन मोहम्मदी जुलूस निकाल्ने मुस्लिम समुदायको […]