‘बुलबुल’का कारण भारत र बंगलादेश प्रभावित

२४ कार्तिक २०७६, आईतवार १४:५८
 

सदरलाइनडटकम,
काठमाण्डौ : शक्तिशाली सामुद्रिक चक्रवात ‘बुलबुल’का कारण भारत र बंगालादेशका हजारौँ नागरिक प्रभावित भएका छन् । बीबीसीले जनाएअनुसार बंगालको खाडी आसपासमा बुलबुलको असर देखिएपछि प्रभावित क्षेत्रका पाँच लाखभन्दा धेरै मानिसलाई अन्यत्र सारिएको छ ।
आँधीका कारण दुई जनाको ज्यानसमेत गइसकेको छ । चक्रवातले शनिवार राति भारत र बंगलादेशको केही क्षेत्रमा भारी वर्षासमेत भएको थियो । आँधीका कारण पश्चिम बंगाल क्षेत्रमा रहेका बन्दरगाह र विमानस्थलसमेत बन्द गराइएको छ । आँधी उत्तरी क्षेत्रतर्फ बिस्तारै सरिरहेकोले र कमजोर हुने अवस्थामा रहेको मौसमविद्हरुले बताएका छन् ।
बङ्लादेशको मौसम विभागका अनुसार १२० देखि १५० किलोमिटर प्रतिघण्टाको वेगमा आएको आँधीका कारण समुद्रमा उच्च छाल आउने जोखिम हुन्छ । आपतकालीन सहयोगका लागि सैन्य जहाज र विमानहरु तयारी अवस्थामा रहेको पनि भारतीय सरकारी अधिकारीहरुले बताएका छन् ।


नेपालमा चक्रवात ‘बुलबुल’को असर
बंगलादेशमा देखिएको चक्रवात बुलबुलको असर नेपालमा नपर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चक्रवात बंगलादेशको उत्तरपूर्वी भूभागबाट बाहिरिने भएकाले यसको असर नेपालमा पर्ने सम्भावना नभएको मौसमविद् गंगा नगरकोटीले बताए । चक्रवातको असर नेपालमा नपर्ने भए पनि नेपालको आकाश अलि धुम्म देखिएको छ ।
स्थानीय प्रदूषणका कारण आकाश धुम्मिएको मौसमविदहरुको भनाई छ । अहिले देशका पूर्व र मध्य भू–भागमा आंशिक बदली भइरहेको छ । अरु क्षेत्रमा भने मौसम सामान्यतया सफा रहेको छ । आइतवार दिनभर मौसम यस्तै किसिमको रहने अनुमान गरिएको महाशाखाले जनाएको छ ।
यस्तै, सोमवार देशको पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक बदली रहने तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ । मंगलबार पनि पूर्वी तथा मध्य पहाडी भूभागमा आंशिक रहने र बाँकी भूभागमा सफा रहने महाशाखाको पूर्वानुमान रहेको छ । (एजेन्सी)

Next Post

प्रधानमन्त्रीे सचिवालयका सबै सदस्यद्वारा राजीनामा

२४ कार्तिक २०७६, आईतवार १४:५८
सदरलाइनडटकम, काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका सबै सदस्यले राजीनामा दिएका छन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्रीलाई सहज बनाउन भन्दै सचिवालयका सबै सदस्यले राजीनामा दिएका हुन् । प्रधानमन्त्री ओलीले आफू नयाँ ढंगले जान चाहेकाले त्यसका लागि मार्ग प्रशस्त गरिदिन भनेपछि सचिवालयको सबै सदस्यले राजीनामा बुझाएका हुन् । मुख्य […]

सम्बन्धित