भारतीय प्रधानमन्त्री मोदीद्वारा इमरान खानलाई धन्यवाद

  
  प्रकाशित मितिः शनिबार, कार्तिक २३, २०७६       | 155 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् ।
पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ । सञ्चारमाध्यमलाई प्रतिक्रिया दिनेक्रममा प्रधानमन्त्री मोदीले भने–‘पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतको संवेदनशीलतालाई बुझिदिनुभएको छ र सहयोग गर्नुभएको छ । त्यसैले म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’ (एजेन्सी)

प्रकाशित मितिः शनिबार, कार्तिक २३, २०७६     4:22:22 PM  |