ज्ञानोदयमा नयाँ समिति गठन

२३ कार्तिक २०७६, शनिबार १६:१७
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : ज्ञानोदय नमूना माबि खजुरा बाँकेको नयाँ ब्यवस्थापन समिति सर्बसम्मतले गठन भएको छ । शनिवार भएको अभिभावक भेलाले भक्तबहादुर केसी, तुलाराम गिरी, लालसरी खत्री र गीता गोदारलाई चयन गरेको हो ।
शिक्षक अभिभावक संघका अध्यक्ष सज्जन थापाको अध्यक्षतामा भएको कार्यक्रममा ज्ञानोदय नमूना माबिका प्रधानाध्यापक ऋषिराम सापकोटा, निबर्तमान अध्यक्ष महेन्द्र मल्ल, बेदनिधी प्याकुरेल, शिवराज श्रेष्ठ, पूर्णबहादुर भण्डारी, शिक्षक अभिभावक संघका निबर्तमान अध्यक्ष मानबहादुर भण्डारी लगायतले शुभकामना दिँदै शैक्षिक गुणस्तर सुधार्न नयाँ निर्वाचित समितिको काँधमा जिम्मेवारी आएको बताए ।
छनौट समितिमा खजुरा गाउँपालिकाका योजना अधिकृत दिलबहादुर पौडेल, श्रोत ब्यक्ति टंक दाहाल, वडा नं ३ का सचिब थानेश्वर न्यौपाने रहेका थिए । निर्वाचित ४ सदस्यले २ जना अभिभावक मनोनित गर्ने, सम्बन्धित वडाको प्रतिनिधि पदेन सदस्य, शिक्षकहरुबाट शिक्षक प्रतिनिधि, बिद्यालयको प्रअ स्वतः सदस्य सचिब रहने ब्यबस्था अनुरुप यही टिमले नयाँ अध्यक्ष निर्वाचित गर्ने प्रावधान रहेको जनाइएको छ ।
सदस्यमा सर्वसम्मत चयन भएका केसी उक्त बिद्यालयका निबर्तमान अध्यक्ष हुन भने लामो समय शिक्षण पेशाबाट अबकास प्राप्त एक असल शिक्षक, असल अभिभावक र अग्रज समाजसेवी भएको अभिभावकहरु बताउँछन् ।

Next Post

भारतीय प्रधानमन्त्री मोदीद्वारा इमरान खानलाई धन्यवाद

२३ कार्तिक २०७६, शनिबार १६:१७
सदरलाइनडटकम, काठमाण्डौ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई धन्यवाद ज्ञापन गरेका छन् । भारतीय सिखलाई पाकिस्तान जान निःशुल्क प्रवेशाज्ञा दिनका लागि सहयोग गरेकोमा मोदीले इमरानलाई धन्यवाद दिएका हुन् । पाकिस्तान र भारतको सीमा क्षेत्रमा पर्ने धार्मिक क्षेत्रहरुको भ्रमणका लागि पाकिस्तानले त्यस्तो व्यवस्था गरिदिएको जनाइएको छ । सञ्चारमाध्यमलाई […]