ब्राहमण समाज नेपालगञ्जमा भण्डारी

  
  प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६       | 249 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज : आफ्नो जातियपहिचान र अधिकार संरक्षणको लागि ब्राहमण समाजले नेपालगञ्ज उपमहानगर स्तरिय कार्यसमिति निर्माण गरेको छ ।

नेपालगञ्जको बेलापुरमा रहेको कालिमाई मन्दिरमा शुक्रबार भएको भेलाले जनकराम भण्डारीको अध्यक्षतामा पछि सबै वडालाई समेट्ने गरी हाललाई ९ सदस्यीय नगरकार्य समिति चयन गरेको हो ।

सो समितिको उपाध्यक्षमा मणीप्रसाद भट्टराई, सचिवमा ध्रुवप्रसाद दाहाल, सह–सचिवमा गौरिशंकर शर्मा, कोषाध्यक्षमा सालिकराम अचार्य, सदस्यहरुमा मानकुमारी शर्मा, गीता आचार्य, गुरुप्रसाद काफ्लेलगायत रहेका छन् ।

सो भेलामा नेपाल ब्राहमण समाज बाँकेका कार्यबहाक अध्यक्ष भिमप्रसाद सापकोटा, भुपेन्द्र प्रकाश शर्मालगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६     6:34:16 PM  |