पाकिस्तानमा हत्याअघि निमरितासँग बलात्कार

  
  प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६       | 176 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : पाकिस्तानको सिन्ध प्रान्तको शहर लरकानामा रहस्यमयी ढंगले मृत भेटिएकी निमरिता कौरको शव परीक्षण रिपोर्टमा उनको बलत्कारपछि हत्या भएको पुष्टि भएको छ । एक डेन्टल कलेजमा बीडीएस अध्ययनरत निमरिताको शव १६ सेप्टेम्बरमा कलेजको छात्रावासमा भेटिएको थियो ।
शुरुवाती शव परीक्षणमा पनि उनको हत्या भएको आंशका गरिएको थियो । अब उनको शवको अन्तिम रिपोर्ट आएको छ, जसमा बलात्कारपछि हत्या भएको पुष्टि भएको छ । शव परीक्षणको अन्तिम रिपोर्ट लरकानाको चन्दका मेडिकल कलेज हस्पिटलले जारी गरेको छ ।
निमरिताको शवको परीक्षण गरेकी चन्दका मेडिकल कलेज हस्पिटलकी महिला मेडिकल अफिसर डा. अमृताले आफ्नो रिपोर्टमा भनेकी छन् कि उनको मृत्यु को कारण स्वास फेर्न नसक्नु थियो, घाँटी थिच्दा या झुण्ड्याउँदा यस्तो निशान बन्न सक्छ ।
यसका साथै डीएनए रिपोर्टमा पनि उनको शरीरमा पुरुष डीएनए पाइएको छ । साथै उनको कपडामा पनि वीर्यको दाग पाइएको छ । (एजेन्सी)

प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६     2:36:53 PM  |