‘नेपालमा उत्पादित विद्युत भारतमा बेच्ने सहमति’

  
  प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६       | 57 Views   ||

सदरलाइनडटकम,
दाङ : ऊर्जा मन्त्री वर्षमान पुन अनन्तले नेपालमा उत्पादित विद्युत भारतीय बजारमा बेच्न भारत सरकारसँग सहमति भइसकेको बताएका छन् । प्रेस संगठन नेपाल दाङले शुक्रवार घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भारतीय बजारमा नेपालमा उत्पादित विद्युतको व्यापार गरिने बताए ।
नेपालमा खपत भएर बचेको विद्युत भारत र बंगलादेशसम्म लगेर बेच्ने योजनामा सरकारले गृहकार्य गरेको र त्यसका लागि नेपाल, भारत र बंगलादेशबीच तीन महिनाभित्र त्रिपक्षीय बैठक बसेर प्रक्रिया अघि बढाउने उनले जानकारी दिए ।
विदेशी लगानी नेपालको विद्युत उत्पादनमा ल्याउने गरी सरकारले ७ हजार मेघावाट विद्युत उत्पादनको लाइसेन्स दिएको भन्दै मन्त्री पुनले तीन वर्षमा तीन हजार, पाँच वर्षमा पाँच हजार र आगामी १० वर्षमा १५ हजार मेघावाट विद्युत उत्पादन गर्ने लक्ष्यकासाथ सरकारले काम गरिरहेको बताए ।
बर्तमान सरकारले उर्जा उत्पादनको क्षेत्रमा क्रान्तिनै गरेको दाबी गर्दै ऊर्जा मन्त्री पुनले आगामी वर्ष १ हजार मेघावाट विद्युत केन्द्रीय विद्युत लाइनमा जडान गरिने जिकिर गरे । अर्को वर्षदेखि देशमा विद्युत खपत गरेर बचेको भारत र बंगलादेशसम्म बेच्न सक्षम हुने उनको भनाई छ ।

प्रकाशित मितिः शुक्रबार, कार्तिक २२, २०७६     1:47:48 PM  |