ब्राउनु सुगर कारोवारी भारतीय नागरिकसहित तीन पक्राउ

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६       | 437 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँके प्रहरीले भारतीय नागरिकसहित तीनजनालाई प्रतिबन्धित लागू औषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ ।

लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले सुराकीको आधारमा बिहीबार साँझ करिव पौने ८ बजेतिर नेपालगञ्ज–९ बिद्युतरोड नजिकैबाट २० ग्राम (प्याकिङ्ग प्लास्टिक सहित) नेपालगञ्ज–९ का राजु खटिक भन्ने नरेश खटिलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार खटिकका साथमा रहेका भारतीय नागरिक बहराईचका २४ वर्षिय रोहन अन्सारी फरार रहेपनि उनी जमुनाहबाट प्रहरी नियन्त्रणमा लिन सफल भएको छ ।

प्रहरीका अनुसार अन्सारीले भारतबाट ब्राउन सुगर लिएर आउने र खटिकको मद्दतले नेपालगञ्ज र आसपासमा कारोबार गर्ने गरेको प्रारम्भिक अनुसंन्धानले देखाएको लागू औषध नियन्त्रण व्यूरो शाखा कार्यालय नेपालगञ्जका प्रमुख प्रहरी निरिक्षक बीरबहादुर थापाले जानकारी दिए । खटिक रिक्सा चालक हुन ।

यसैगरी प्रहरीले बाँके बैजनाथ–१ चिसापानीबाट ५ ग्राम ६१० मिलिग्राम ब्राउन सुगरसहित बिहीबार दिउसो नेपालगञ्ज–४ का १८ वर्षिय समिर अन्सारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार प्रक्राउ परेका तीनै जना कारोवारी हुन ।

प्रकाशित मितिः बिहिबार, कार्तिक २१, २०७६     8:16:01 PM  |