देशको समृद्धिका लागि कम्युनिष्ट सरकार : मुख्यमन्त्री पोख्रेल

२१ कार्तिक २०७६, बिहीबार १६:५२
 

सदरलाइनडटकम,
दाङ : प्रदेश ५ का मुख्यमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य शंकर पोख्रेलले विकास र समृद्धिका लागि कम्युनिष्ट सरकार निर्माण भएको बताएका छन् । दाङको घोराहीमा बिहीवार आयोजित मनोनयन सभालाई सम्बोधन गर्दै पोख्रेलले मुलुकको समृद्धि र विकासका लागि नै कम्युनिष्ट सरकार निर्माण भएको जिकिर गरे ।
मुलुकमा तीन वटै सरकारले समृद्धिको यात्रालाई अगाडि बढाएको दाबी गर्दै मुख्यमन्त्री पोख्रेलले यो दशकलाई समृद्धिको दशकका रुपमा अगाडि बढाउने बताए । प्रदेश ५ सरकारले कृषि र पर्यटनलाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै मुख्यमन्त्री पोख्रेलले मुलुककै उत्कृष्ट प्रदेशका रुपमा प्रदेश ५ लाई चिनाउने गरी लागिपरेको जानकारी दिए ।
दाङको विकासका लागि माडी डाइभर्सनलाई अगाडि बढाएको भन्दै मुख्यमन्त्री पोख्रेलले यो योजना सम्पन्न भएपश्चात् दाङमा सिचाईको समस्या हटेर जाने बताए । आसन्न निर्वाचनमा नेकपाको विजय सुनिश्चित भएको भन्दै मुख्यमन्त्री पोख्रेलले ५ वर्षका लागि पश्चिम दाङका जनताहरुले नेकपालाई जनमत दिइसकेकाले नेकपाको विजय सुनिश्चित भएको दाबी गरे ।

Next Post

दुई बालबालिकालाई छात्रवृत्ति प्रदान

२१ कार्तिक २०७६, बिहीबार १६:५२
सदरलाइनडटकम, नेपालगञ्ज : आर्थिक अवस्थाले कमजोर नेपालगञ्जका दुई बालबालिकालाई तीन वर्षका लागि छात्रबृति प्रदान गरिएको छ । नेपालगञ्जका निर्माण व्यवसायी टेकबहादुर खड्काले आर्थिक अवस्थाले पढनमा समस्या भएका दुई बालबालिकालाई तीन वर्षका लागि छात्रबृति प्रदान गरेका हुन् । नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १२ को कार्यालयमा बिहीवार एक कार्यक्रमको आयोजना गरी नेपालगञ्ज–१० गोसाई […]