देशको सुरक्षा अवस्था मजबुत भएको छ : गृहमन्त्री

  
  प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६       | 74 Views   ||

सदरलाइनडटकम,
बुटवल : गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुकको शान्ति सुरक्षाको अवस्था सुदृढ हुँदै गएको बताएका छन् । बुटवलमा सोमवारदेखि शुरु भएको प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी हुन आएका गृहमन्त्री थापाले मंगलवार पत्रकारहरुसँग कुरा गर्दै मुलुकको शाान्ति सुरक्षाको अबस्था थप सुदृढ बन्दै गएको बताएका हुन् ।
बिगतमा मुलुकमा बिध्वंस गर्ने र बिखण्डन गर्ने प्रयास भएपनि सरकार त्यसलाई असफल पर्न सफल भएकोले पछिल्लो सममय मुलुकको शाान्ति सुरक्षा थप सुदृढ भएको उनको भनाई थियोे । सरकार अहिले कानून कार्यान्वयन गराउने र संघीयता कार्यान्वयन गर्ने कार्यमा अगाडी बढेको भन्दै उनले मुलुकको आर्थिक अवस्थासमेत मजबुद बन्दै गएको दाबी गरे ।
नेपालको आर्थिक बृद्धिदर हाल ७.१ प्रतिशत रहेको भन्दै उनले मुलुकको आर्थिक बृद्धिदर दोहोरो अंक पुर्याउनेगरी सरकार अगाडी बढेको बताए । एक बर्षभित्र मुलुक पूर्ण साक्षर घोषणा हुने बताउँदै गृहमन्त्री थापाले नेपालको अन्तर्राष्ट्रिय सम्बन्धसमेत सुमधुर बन्दै गएको जिकिर गरे ।
संघीय सरकारको गृहमन्त्रालय र प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयको आयोजनामा सोमवारदेखि बुटवलमा सुरु भएको ५ नं. प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल, आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, राष्ट्रिय अनुसन्धान बिभागका प्रमुख, १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा प्रहरी प्रमुखहरुको सहभागिता छ ।

प्रकाशित मितिः मङ्लबार, कार्तिक १९, २०७६     2:56:40 PM  |