कालंगा हाईड्रो सुरुङभित्रै चार मजदुर थुनिए

१८ कार्तिक २०७६, सोमबार १५:३२
 

सदरलाइनडटकम,
धनगढी : बझाङको बुङ्गल नगरपालिका १ कालागाढमा निर्माणधिन कालंगा हाइड्रो पावरभित्र चार जना मजदुर थुनिएका छन् । सुरुङ निर्माणका क्रममा आइतवार अपरान्ह ४ बजे उनीहरु सुरुङभित्र पसेकोमा हालसम्म कुनै सम्पर्कसमेत नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक गणेशबहादुर बमले काम गर्न भनी सुरङभित्र प्रवेश गरेका चारैजना दुई दिनदेखि सुरुङमै थुनिएका र अवस्था अज्ञात रहेको बताए ।
उनका अनुसार सुरुङभित्र थुनीएकाहरुमा दैलेखको गुराँस गाउँपालिका ३ का ३२ वर्षीय महेन्द्र शाही, सोही स्थानका कर्ण शाही, अछामको तुर्माखाँद गाँउपालिका ६ का २८ वर्षीय महेन्द्र साँउद र बुंगल नगरपालिका १ का ३५ बर्षीय शेरसिंह धामी रहेका छन् ।
उनीहरुको उद्धार तथा सुरक्षा परिचालनका लागि बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे सहितका सुरक्षा निकायका प्रमुखहरु घटना स्थल मै पुगेका प्रहरी नायव उपरीक्षक बमले जानकारी दिएका छन् ।
आठ सय मिटर लामो सुरङमा अक्सिजनको अभाव हुँदा उद्धारमा कठिनाइ भएको उनले बताए । उद्धारका लागि नेपाली सेनासँगै सुरुङ विशेषज्ञको टोलीसहित काठमाण्डौबाट हेलिकोप्टर मगाइएको छ ।

Next Post

बसको ठक्करबाट एक नेपालीको मृत्यु

१८ कार्तिक २०७६, सोमबार १५:३२
सदरलाइनडटकम, कञ्चनपुर : भारतको उत्तर प्रदेश प्रदेशको खिरी जिल्लाको खजुरीयाबाट सम्पूर्णानगरतर्फ गइरहेको यात्रुबाहक बसले सोमवार मोटरसाइकल सवार नेपालीलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको छ । युपी ३१ टि ०३२७ नम्बरको भारतीय बसले ठक्कर दिँदा कञ्चनपुरको बेलडाँडी गाउँपालिका ५ झिलमिलाका अन्दाजी १८ वर्षीय राजेश लुहारको मृत्यु भएको हो । म […]