सातै प्रदेशमा प्रमुखको नाम सिफारिस

१८ कार्तिक २०७६, सोमबार १५:२१
 

सदरलाइनडटकम,
काठमाण्डौ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठकले सातै प्रदेशका प्रमुखहरुको नाम टुंगो लगाएको छ । सरकारको सिफारिसमा राष्ट्रपतिले आइतवार सातै प्रदेश प्रमुखको पदमुक्त गरेका थिए । नेकपा सचिवालयले रिक्त रहेको प्रदेश प्रमुखको पदमा मनोनयन गर्न नेपाल सरकारसँग सिफारिस गर्ने निर्णय गरेको पार्टीका महासचिव विष्णु पौडेलले बताए ।
पार्टीले चितवनका अमिक शेरचन, कास्कीका सोमनाथ अधिकारी प्यासी, बाँकेका तिलक परियार, सिरहाका धर्मनाथ यादव, डडेलधुराका गोविन्द कलोनी, झापाका विष्णु प्रसाईँ र काठमाण्डौकी शर्मिला त्रिपाठीको नाम सिफारिस गरेको छ । कुन प्रदेशका लागि कसलाई पठाउने भन्ने बारेमा सरकारले निर्णय गरेर राष्ट्रपति कहाँ सिफारिस गर्ने महासचिव पौडेलले बताए ।

Next Post

कालंगा हाईड्रो सुरुङभित्रै चार मजदुर थुनिए

१८ कार्तिक २०७६, सोमबार १५:२१
सदरलाइनडटकम, धनगढी : बझाङको बुङ्गल नगरपालिका १ कालागाढमा निर्माणधिन कालंगा हाइड्रो पावरभित्र चार जना मजदुर थुनिएका छन् । सुरुङ निर्माणका क्रममा आइतवार अपरान्ह ४ बजे उनीहरु सुरुङभित्र पसेकोमा हालसम्म कुनै सम्पर्कसमेत नभएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बझाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक गणेशबहादुर बमले […]