सुनकोशी नदीमा बस खस्दा १० जनाको मृत्यु

१७ कार्तिक २०७६, आईतवार १७:५४
 

सदरलाइनडटकम,
सिन्धुपाल्चोक : दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुनकोशी नदीमा बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस खसेको हो ।
दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४७ जना घाइते भएका छन् । नदीमा डुबेको बसको उद्धार जारी रहेकाले मृतक र घाइतेको संख्या बढ्न सक्ने प्रहरीले बताएको छ ।
उद्धारकै क्रममा रहेकाले सबै मृतक र घाइतेको पहिचान हुन सकेको छैन । घाइतेमध्ये ४६ जनाको धुलीखेल अस्पतालमा उपचार भइरहेको छ । अर्का एक जनालाई पनि स्थानीय स्वास्थ्य संस्थाबाट धुलीखेल पठाउने तयारी भएको सिन्धुपाल्चोकका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।
अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी उद्धारमा जुटिरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । अझै केहि शवहरु खोलाले बगाएको जनाइएको छ ।

Next Post

‘हतियार र संवादबीच कुनै कनेक्सन छैन’

१७ कार्तिक २०७६, आईतवार १७:५४
सदरलाइनडटकम, नेपालगञ्ज  :  बाँके प्रहरीले टेण्डर बिथोल्ने योजनामा रहेको गिरोहको खोजी गर्ने क्रममा नेपाल तरुण दलका नेपालगञ्ज नगर सभापति सन्दिपजङ्ग शाहसहितको समूह अबैध हतियार सहित पक्राउ परेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेमा घटनाको तेस्रोदिन पत्रकार सम्मेलनको आयोजना गरी सो जानकारी गराएको हो । ‘ खानेपानी कार्यालय नेपालगञ्जको टेण्टर […]