नेपालगञ्जमा छठको रौनक (फोटो कथा सहित)

१७ कार्तिक २०७६, आईतवार १२:०९
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  छठ पर्वको मुख्य दिन सूर्यदेवको आरधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आरधना, उपासना र पूजाको यो पर्व मंगलबारबाट शुरु भएको हो ।
छठको मुख्य दिन शनिबार साँझ अस्ताउँदो सूर्यलाई पूजाआरधना गरी अर्घ दिइ छठ घाटमा जाग्राम गरी आइतबार बिहान उदाउदो सूर्यलाई अर्घ दिई छठको पूजा सम्पन्न हुने चलन रहेको छ । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा उक्त गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आरधना गरिएको थियो ।
सो समयमा पाण्डव विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । लोक कथन बमोजिम सोही समयदेखि छठ मनाउने परम्पराको थालनी भएको हो । सूर्य पुराणअनुसार सर्वप्रथम अत्री मुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेकी थिइन् । फलस्वरूप उनले अटल सौभाग्य र पतिप्रेम प्राप्त गरिन् । त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुआत भएको विश्वास गरिन्छ ।
पछिल्लो समय पश्चिम तराईको नेपालगञ्जमा पनि छठ पर्वको रौनकता बढदै गएको छ । नेपालगञ्जमा छठको लागि घाट अत्यन्तै साँघुरो भएकोले त्यसको लागि पहल गरिदिन स्थानीय सरकारलाई आग्रह गरिएको छ ।
छठ पूजासमिति नेपालगञ्जका तर्फबाट अधिवक्ता सुदिप भट्टराईले बागेश्वरीको पोखरीलाई व्यवस्थित बनाई पूज ागर्न सबैलाई सहज हुने व्यवस्था मिलाउन स्थानीय सरकारसंग आग्रह गरेका छन् । उनले पहिलाको तुलनामा जनसंख्याको चाप बढेको कारण पोखरीमा घाट फराकिलो बनाउन पर्ने उनको भनाई छ ।
देशका अधिकांश जिल्लाका मानिसहरुको नेपलगञ्जमा बसोबास बढेसंगै यहाँ छठको रौनकता बढ्न थालेको हो । केही वर्षदेखि नियमित रुपमा हिन्दुहरुको अन्य चाडलाई बिशेष रुपमा मानिएजस्तै छठ पर्वलाई पनि मानाउन थालिएको छ ।
नेपालगञ्जको बागेश्वरी मन्दिरको तलाउलाई सजाउने, पुजाका लागि जाग्राम बस्नेहरुका लागि व्यवस्था मिलाइएको छ । रौनकता बढेसंगै बागेश्वरी मन्दिरमा पुजापाठ गर्नेहरुको भीडभाड समेत बढेको छ ।

Next Post

सुनकोशी नदीमा बस खस्दा १० जनाको मृत्यु

१७ कार्तिक २०७६, आईतवार १२:०९
सदरलाइनडटकम, सिन्धुपाल्चोक : दोलखाको मागा देउरालीबाट काठमाडौं आउँदै गरेको बस सुनकोशी नदीमा खस्दा मृत्यु हुनेको सङ्ख्या १० पुगेको छ । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ९ सुनकोशी नदीमा बा २ ख ७२४५ नम्बरको यात्रुबाहक बस खसेको हो । दश जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा ४७ जना घाइते […]