यौन दुराचारको आरोपमा इण्डोनेशियका धर्म गुरुलाई २८ कोर्रा

  
  प्रकाशित मितिः शनिबार, कार्तिक १६, २०७६       | 74 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : इण्डोनेशियामा विवाहित पुरुषले परस्त्रीसँग सम्बन्ध राखेको भन्दै एक जना धर्म गुरुलाई दण्डस्वरुप सार्वजनिक स्थानमा २८ कोर्रा लगाइएको छ । व्यभिचारविरुद्ध कडा कानुन बनाउन सहयोग गर्ने संस्थामा काम गर्ने पुरुषले नै महिलासँग गैरकानुनी सम्बन्ध राखेको आरोपमा सार्वजनिक स्थानमै कोर्रा हानिएको बीबीसीले जनाएको छ । घटनामा संलग्न महिलालाई पनि २३ कोर्रा हानिएको समाचारमा जनाइएको छ ।
इन्डोनेसियाको आचे क्षेत्रमा इस्लामिक शरिया कानुन अनुसार उनीहरुमाथि कारवाही गरिएको अधिकारीहरुले जनाएका छन् । समलिंगी सम्बन्ध र जवा खेल्नु पनि कानुनविरुद्ध हुने भन्दै सार्वजनिक स्थानमा कोर्रा लगाउने चलन रहेको आचे बेसार क्षेत्रमा उपप्रमुख हासेनीले जानकारी दिए ।
पर्यटकीय क्षेत्रमा यौन गतिविधिमा संलग्न भएको आरोपमा उनीहरुलाई नियन्त्रणमा लिइएको थियो । ४६ वर्षीय धर्मगुरु सन् २००५ मा शरिया कानुन लागू भएपछि व्यभिचारमा सजाय पाउने पहिलो धार्मिक गुरु रहेको बताइएको छ । आचेमा काउन्सिलले स्थानीय सरकार र संसदलाई शरिया कानुन बनाउन र लागू गर्न सहयोग गर्छ । (एजेन्सी)

प्रकाशित मितिः शनिबार, कार्तिक १६, २०७६     4:53:09 PM  |