कपिलवस्तुमा छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु

१६ कार्तिक २०७६, शनिबार १४:५८
 

सदरलाइनडटकम,
कपिलवस्तु : कपिलवस्तुमा भएका छुट्टाछुट्टै दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । बाणगंगा नगरपालिका ५ झण्डामा बसको ठक्करबाट एक बालकको ज्यान गएको छ । ज्यान जानेमा स्थानीय राजेश थारूका छोरा डेढ वर्षीय टोपेन्द्र थारू रहेका छन् । झण्डास्थित शुद्धुराम थारूको घरमा पार्किङ गरी राखिएको बस निकाल्ने क्रममा चालकले बालक खेलिरहेको नदेखिएपछि ठक्कर दिएको थियो ।
शनिवार बिहान बसले ठक्कर दिएलगत्तै बालकको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय कोपवाले जनाएको छ । ठक्कर दिने बस मृतक थारूको काकाको रहेको बुझिएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय पिपरामा राखिएको छ । यता, पूर्वपश्चिम राजमार्गअन्तर्गत बुद्धभूमि नगरपालिका वडा नम्बर ९ ईमिलियामा बस र मोटरसाईकल एक आपसमा ठोकिँदा एक जनाको ज्यान गएको छ ।
बाँके कोहलपुरबाट बुटवलतर्फ आउदै गरेको बसको पट्टा भाँचिदा अनियन्त्रित भई पश्चिम तर्फ जादै गरेको मोटरसाइकलसँग ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । बसको ठक्करबाट गम्भीर घाइते भएका बर्दियाका रनबहादुर विकको उपचारको क्रममा चौराहा हस्पिटल बुटवलमा ज्यान गएको हो । रा ३ प १५१६ नम्बरको मोटरसाइकलमा सवार विकलाई भे१ख १९९७ नम्वरको बसले ठक्कर दिएको थियो ।

Next Post

डोटीमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३३ घाइते

१६ कार्तिक २०७६, शनिबार १४:५८
सदरलाइनडटकम, डोटी : डोटीमा शनिवार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ३३ जना घाइते भएका छन् । दुर्घटनामा गम्भीर घाइते भएका बाह्रबिस–६ बाजुराका ५१ वर्षीय नयाँ सेरेलाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक दिलिपसिंह देउवाले जानकारी दिए । महेन्द्रनगरबाट बाजुरातर्फ […]