कपिलवस्तुमा छोराको कुटाईबाट आमाको मृत्यु

१६ कार्तिक २०७६, शनिबार १४:००
 

सदरलाइनडटकम,
कपिलवस्तु : छोराको कुटाईबाट कपिलवस्तुमा आमाको मृत्यु भएको छ । कपिलवस्तु–८ पश्चिम दोहनीका सुरेन्द्र कुर्मीले कुटपिट गरी आमा ५५ वर्षीया फूलमतीको हत्या गरेका छन् । सुरेन्द्रले मादकपदार्थ सेवन गरी शुक्रवार राति घरमा आगो लगाउँदै आमालाई कुटपिट गरी हत्या गरेको प्रहरीले बताएको छ ।
सुरेन्द्र फरार रहेकाले उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । सगोलमा रहेको खेतमध्ये दुई बिघा आफ्नो नाममा दर्ता गरिदिनुपर्ने माग राख्दै सुरेन्द्रले परिवारमा झगडा गर्दै आएको वडाध्यक्ष शिवकुमार पाण्डेयले बताए ।

Next Post

अस्ताउन लागेको सूर्यलाई अर्घ्य दिई छठ मनाईंदै

१६ कार्तिक २०७६, शनिबार १४:००
सदरलाइनडटकम, नेपालगञ्ज : शुद्धता, सद्भाव र आस्थाको पर्व छठ शनिवार श्रद्धा एवं हर्षोल्लासपूर्वक मनाइँदैछ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वअन्तर्गत व्रतालुले शनिवार बेलुकी कुण्ड, पोखरी र तलाउमा उभिएर दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवान अस्ताउन लागेको […]