नेकपा अध्यक्ष प्रचण्ड कात्तिक १९ गते नेपालगञ्ज आउदै

१६ कार्तिक २०७६, शनिबार १२:५७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी महासचिव बिष्णु पौडेल कात्तिक १९ गते मंगलबार नेपालगञ्ज आउने भएका छन् ।
नेकपा बाँके जिल्ला संगठन कमिटिको आयोजनामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई संबोधन गर्न अध्यक्ष प्रचण्ड आउने कार्यक्रम तय भएको नेकपा बाँके अध्यक्ष आइपी खरेलले जानकारी दिए ।
नेकपा बाँकेले विभिन्न पर्वहरुको अवसरको चियापान कार्यक्रम गर्न लागेको हो । कार्यक्रममा पार्टीका महासचिव विष्णु पौडेल समेत आउने अध्यक्ष खरेलले जानकारी दिए । नेकपा बाँके १९ गते १ बजे पार्टी जिल्ला कार्यालयमा सो कार्यक्रमको आयोजना गर्ने भएको छ ।
चियापान कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता, जनप्रतिनिधि र विभिन्न पेशा व्यवसायका व्यक्तिको उपस्थिति र सहभागितामा कार्यक्रम गर्ने भएको छ ।
यस अघि १८ गते गर्ने भनिएको कार्यक्रम पार्टी अध्यक्षको कार्य व्यस्थताका कारण १९ गते गर्न लागिएको अध्यक्ष खरेलले जानकारी दिए ।

Next Post

नेपाली सेनाले भित्र्यायो नयाँ विमान

१६ कार्तिक २०७६, शनिबार १२:५७
सदरलाइनडटकम, काठमाण्डौ : नेपालको हवाई उड्डयन क्षेत्रमा एक नयाँ विमान थपिएको छ । नेपाली सेनाले इण्डोनेशियासँग खरीद गरेको ‘मिडियम फिक्सविङ’ को नयाँ विमान शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो । सो कार्गो विमान खरीदका लागि सन् २०१७ अगष्टमा एलसी खोलिएको थियो । विपद्का समयमा सामान ढुवानी र यात्रु ओसारपसार […]

सम्बन्धित