जेलर र चौकीदारको सरुवापछि ३४ घण्टापछि खोलियो कारागारको ताला

१५ कार्तिक २०७६, शुक्रबार १८:३७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज कारागारका कैदीबन्दी र थुनुवाले कारागारको मुल ढोकामा लगाएको ताला ३४ घण्टापछि खोलिएको छ । कारगारका जेलर भरतराज पाण्डे, चौकिदार भरत फडेरा र नाईके मानबहादुर शाहीले आफुहरुमाथि ज्यादती गरेको भन्दै उनीहरुले बिहीबार बिहान ६ बजेदेखि चौकीदार फडेरा र नाईके शाहीलाई बाहिर राखेर भित्रबाट तालाबन्द गरी आन्दोलन सुरु गरेका थिए ।
जेलर पाण्डेको निर्देशनमा चौकिदार फडेराले कारगारका कैदी बन्दी थुनुवाबाट अनाधिकृत रकम असुल्ने गरेको, फोन सेवा सञ्चालन गरे बापत प्रति फोन प्रतिदिन १ हजार दिनुपर्ने, मेसमा खाना खाए बापत प्रति १५ दिनमा २ सय दिनु पर्ने लगायतका आर्थिक बोझ थप्ने र नमान्नेलाई कारागार भित्रै नजरबन्द वा पाईपले कुट्ने गरेको भन्दै आफुहरु आन्दोलनमा उत्रिन बाध्य भएको आन्दोलनकारी कैदी बन्दीका प्रतिनिधि हरी खत्रीले बताए ।
शुक्रबार भएको बार्तामा आन्दोलनकारीको तर्फबाट खत्रीसहित भगत सिंह, विकास केसी, र जनक बुढाले आन्दोलन गर्नुको कारण सहित १० बुँदे माग समेत पेश गरेका थिए ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख बीरबहादुर ओली, सशस्त्र प्रहरी ३० नं. गणका प्रमुख तथा सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, राष्ट्रिय मानव अधिकार आयोगका द्वारीका अधिकारी, ईन्सेकका भोला महत, एड्भोकेसी फोरमका बसन्त गौतम, थर्ड एलाइन्सका आलम खानलगायतको रोहबरमा भएको छलफलपछि करिव ३४ घण्टापछि ताला खोलिएको थियो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी खड्काले आन्दोलनकारीको माग अनुसार जेलर पाण्डेको सरुवा गरिएको र फडेरालाई चौकीदारबाट हटाईएको जानकारी दिएपछि आन्दोलनकारी कैदीबन्दी र थुनुवाले लगाएको ताला खेलेका हुन ।
जेलर पाण्डे, चौकीदार फडेरा र नाईके शाहीले आफुहरुमाथि आर्थिक तथा शाररिक शोषण गर्दै आएको भन्दै विभिन्न १० बुँदे माग राखि कारागार भित्रैबाट तालबन्दी गरेका थिए । उनीहरुले गरेको तालाबन्दीका कारण कारगार भित्र खानेकुराको अभाव हुँदै गएको थियो । ५० महिलासहित २५० जनाको क्षमता रहेको सो कारागारमा ६१४ थुनुवा, १०३ पुरुष कैदी, ५३ महिला र २ नाबालक गरी कारागारमा ७७२ जना कैदी बन्दी र थुनुवा रहेका छन् ।

Next Post

नेकपा अध्यक्ष प्रचण्ड कात्तिक १९ गते नेपालगञ्ज आउदै

१५ कार्तिक २०७६, शुक्रबार १८:३७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र पार्टी महासचिव बिष्णु पौडेल कात्तिक १९ गते मंगलबार नेपालगञ्ज आउने भएका छन् । नेकपा बाँके जिल्ला संगठन कमिटिको आयोजनामा हुने चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई संबोधन गर्न अध्यक्ष प्रचण्ड आउने कार्यक्रम तय भएको नेकपा […]