बस दुर्घटनामा २१ घाइते

१५ कार्तिक २०७६, शुक्रबार १८:२२
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : बर्दियाको गुलरियाबाट नेपालगञ्ज आउदै गरेको यात्रुबाहक बस बाँकेको खजुरागाँउपालिका खजुरा बजार नजिक किरणनालामा दुर्घटना हुँदा २१ जना घाइते भएका छन् । गुलरियाबाट नेपालगञ्जतर्फ आउँदै गरेको भे १ ख ११५० नम्बरको सो बस शुक्रबार साँझ करिव सवा ४ बजे किरणनालामा खसेर दुर्घटना भएको हो ।
दुर्घटना लगत्तै प्रहरी र स्थानीयले उद्दार गरी उपचारमा पठाएको थिए । घाइतेको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भई रहेको बाँकेका प्रहरी उपरीक्षक बीरबहादुर ओलीले जानकारी दिए । उनले एकको अवस्था गम्भीर भएको बताए ।

Next Post

जेलर र चौकीदारको सरुवापछि ३४ घण्टापछि खोलियो कारागारको ताला

१५ कार्तिक २०७६, शुक्रबार १८:२२
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्ज कारागारका कैदीबन्दी र थुनुवाले कारागारको मुल ढोकामा लगाएको ताला ३४ घण्टापछि खोलिएको छ । कारगारका जेलर भरतराज पाण्डे, चौकिदार भरत फडेरा र नाईके मानबहादुर शाहीले आफुहरुमाथि ज्यादती गरेको भन्दै उनीहरुले बिहीबार बिहान ६ बजेदेखि चौकीदार फडेरा र नाईके शाहीलाई बाहिर राखेर भित्रबाट तालाबन्द गरी आन्दोलन सुरु […]