बग्दादी मारिएको पुष्टि गर्दै आईएसद्वारा नयाँ नेता घोषणा

१५ कार्तिक २०७६, शुक्रबार १४:५१
 

सदरलाइनडटकम,
काठमाण्डौ : इस्लामिक स्टेट (आईएस)ले आफ्ना नेता अबु बकर अल–बग्दादी मारिएको पुष्टि गर्दै उत्तराधिकारी घोषणा गरेको छ । आईएसद्वारा सार्वजनिक एउटा अडिओ टेपमा अबु इब्राहिम अल–हाशेमी अल–कुरैशी नयाँ नेता घोषित गरिएको बीबीसीले उल्लेख गरेको छ ।
आईएसले सार्वजनिक गरेको उक्त अडियो टेपमा समूहका प्रवक्ता अबु अल–हसन अल–मुजाहिर पनि मारिएको पुष्टि गरेको छ । अमेरिकी विशेष फौजको कारबाहीमा अक्टोबर २७ तारिखमा बग्दादी सिरियामा मारिएको आईएसले पुष्टि गरेको हो । आईएसले आफ्ना नयाँ नेताबारे विस्तृत विवरण सार्वजनिक गरेको छैन । उनको कुनै तस्बिर पनि सार्वजनिक गरेको छैन ।
तर उसले आफ्ना नयाँ नेता पश्चिमाहरूविरुद्ध लडाइँ गरेका एक अनुभवी जिहादी लडाकु भएको दाबी गरेको छ । बग्दादी एक अत्यन्तै व्यवस्थित र क्रूर विद्रोही योद्धाका रूपमा चिनिएका थिए । सन् १९७१ मा बग्दादको उत्तरस्थित समरामा उनको जन्म भएको थियो । (एजेन्सी)

Next Post

संस्कृत विश्वविद्यालयको ताला खुल्यो

१५ कार्तिक २०७६, शुक्रबार १४:५१
सदरलाइनडटकम, दाङ : दाङको बेलझुण्डी स्थित नेपाल संस्कृत विश्वविद्यालयमा लगाईएको ताला खुलेको छ । गत असोज २७ गते दाङमा क्रियाशील विद्यार्थी संगठनहरुले लगाएको ताला शुक्रवार भएको वार्तापछि खुलाईएको हो । विभिन्न माग राख्दै विद्यार्थीहरुले पूर्व माओवादी (केन्द्र) निकट अखिल क्रान्तिकारी, पूर्व एमाले निकट अनेरास्वबियु तथा नेपाली कांग्रेस निकट नेबिसंघ दाङले […]