चौकीदार नाईके बाहिर राखि कैदीबन्दीले गरे भित्रबाट तालाबन्दी

१४ कार्तिक २०७६, बिहीबार १४:०५
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  नेपालगन्ज कारागारका कैदीबन्दी र थुनुवाले आफुहरु माथि जेलर, चौकिदार, नाईकेहरुले ज्यादती गरेको भन्दै बिरोध जनाएका छन् । कैदीबन्दी र थुनुवाहरुले कारगारका चौकिदार भरत फडेरा र नाईके मानबहादुर शाहीलाई बाहिर राखि भित्रबाट बिहीबार बिहनैदेखि ताला बन्द गरेका छन् ।
कारागार भित्र जेलर भरतराज पाण्डेको निर्देशनमा चौकीदार फडेरा नाईके शाहीले आफुहरुमाथि आर्थिक तथा शाररिक शोषण गर्ने गरेको आरोप लगाउदै उनीहरुले भित्रबाट ताला लगाएका हुन ।
यसैबीच कारागार भित्र भएको घटना लगत्तै बाँकेका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख प्रहरी उपरीक्षक बीरबहादुर ओली र सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारीलगायतको टोली कारगार पुगेको थियो ।
अधिकारकर्मी तथा सञ्चाकर्मीलाई कार्यालय परिसरमै राखेर कैदीबन्दी थुनुवासंग भेट गरेका उनीहरुले सामान्य कुरा भएको भन्दै बाहिरीएका थिए । भेटपछि फर्केका प्रमुख जिल्ला अधिकारी खड्काले भने–‘सामान्य कुरा हो केही मिस अन्डर स्ट्याण्डिङ्ग रहेछ । जेलर आएपछि समाधान हुन्छ ।’ जेलर पाण्डे घरबिदामा रहेको र उनलाई आज बिहीबार हाजिर हुने ताकेता गरीएको उनले बताए ।
प्रमुख जिल्ला अधिकारी खड्काले सामान्य भनेपनि कारगारमा खटिएका सुरक्षाकर्मीहरुले बाहिरबाट भेट गर्न आउने तथा खाना लिएर आउनेलाई समेत आज मिल्दैन भन्दै फर्काउने गरेको छ ।
कारागार भित्रका कैदीबन्दी थुनुवाहरु आफुहरुमाथि जेलर, चौकिदार र नाईकेको ज्यादतीको बिरोध गरेको भन्दै अनेत्र सरुवा गराई दिने धम्की समेत आई रहेको भन्दै अधिकारकर्मी र सञ्चारकर्मीका साथमा आफुहरुको सुनवाई गर्न माग समेत गरेका छन् ।
यता बाँकेको नेपालगञ्ज कारागारमा बुधबारबाट सुरु भएको तनाबका बिषयमा स्थलगत अनुगमन गर्न पुगेको मानव अधिकारकर्मी, कानुन व्यवसायी र पत्रकारहरुको संयुक्त टोलीलाई प्रमुख जिल्ला अधिकारीको आदेश भन्दै प्रहरीले मुल गेटबाट फिर्ता पठाएको छ ।
सो घटनाको घोर निन्दा गर्दै तराई मानव अधिकार रक्षक संजालले एक विज्ञप्ती जारी गर्दै कारगारको बाहिरी सुरक्षामा खटेको सशस्त्र प्रहरीले मानवअधिकारकर्मी तथा कानून व्यावसायी सञ्चारकर्मीलाई कारागार अनुगमनमा लगाएको रोकले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा सशस्त्र प्रहरी, नेपाल प्रहरी र गृह प्रशासनको मानवअधिकार प्रतिको प्रतिवद्धतालाई शङकाको घेरामा राखेको उल्लेख गरेको छ ।

Next Post

तीन जनाको हत्या आरोपमा बोहरा पक्राउ

१४ कार्तिक २०७६, बिहीबार १४:०५
सदरलाइनडटकम, बैतडी : कात्तिक ८ गते भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई भारतीय प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पुर्चौडी नगरपालिका–५ घर भई पिथौरागढमा काम गर्दै आएका धनबहादुर बोहरा रहेका छन् । उनलाई भारतकै मुन्सीयारीवाट पक्राउ गरिएको हो । रोजगारीका लागि पिथौरागढ गएका बैतडीको […]

सम्बन्धित