चोरिएको कट्टुले बग्दादीलाई पुर्यायो मृत्युको मुखमा

१३ कार्तिक २०७६, बुधबार १५:३२
 

सदरलाइनडटकम,
काठमाण्डौ : अमेरिकी सैन्य कारबाहीमा मारिएका इस्लामिक स्टेट (आइएसआई)का प्रमुख अबु बकर अल बग्दादीले आफ्नो तल्लो भागको भित्री वस्त्र अर्थात् कट्टु सुरक्षित गर्न नसक्दा मारिएको पुष्टि भएको छ । कुर्दहरूको नेतृत्वमा रहेको सिरियन डेमोक्रेटिक फोर्सेस (एसडीएफ) ले बग्दादीको अन्डरवेयर आफूहरूले चोरेको बताएसँगै उनी मारिने मूल कारणको पनि खुलासा भएको हो ।
डीएनए परीक्षण गर्दा मारिने व्यक्ति बग्दादी नै हो भन्ने कुरा पुष्टि गर्न अन्डरवेयर चोर्नु परेको एसडीएफका एक वरिष्ठ कमान्डर पोलाट क्यानले बताएका हुन् । अमेरिकी कारवाहीअघि इस्लामिक स्टेटका प्रमुख बग्दादी लुकेको ठाउँ पत्ता लगाउन आफूहरूको सूत्रको प्रमुख भूमिका रहेको दावी उनको छ । ती कमाण्डरले यस्तो दावी गरे पनि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भने कुर्दको सहयोगलाई खासै महत्व दिएका थिएनन् ।
ट्रम्पले अमेरिकी सेनाको कारवाहीका समयमा बग्दादीले आफैंलाई बमले उडाएको जानकारी दिँदै त्यसमा कुकरको भूमिका महत्वपूर्ण रहेको बताए थिए । ट्रम्पले कुर्दहरूको जानकारीले सहयोग गरे पनि सैन्य कारवाहीमा उनीहरूको कुनै भूमिका नरहेको बताएका थिए । एसडीएफ नेता पोलाटले गरेको ट्वीटमा, ‘मेरो स्रोतले बग्दादीको अन्डरवेयर पत्ता लगाए ताकि डीएनए परीक्षण गरेर मर्ने मानिस बग्दादी नै हो भन्ने पुष्टि गर्न सकियोस्’ लेखेका छन् । पोलाटले, ‘बग्दादीका विषयमा अनि ऊ लुकेको ठाउँका बारेमा हामीले महत्त्वपूर्ण सूचना दिएका थियौं । हाम्रो गोप्य सूत्र अपरेसन सकिएसम्म अमेरिकी बलहरूसँगै थिए ।



एसडीएफ मे १५ देखि बग्दादीका विषयमा सीआईएसँग काम गरिरहेको थियो । बग्दादी सिरियाको इदलिब प्रान्तमा लुकेको हामीले नै पत्ता लगाएका हौं ।’ इस्लामिक स्टेटविरुद्धको लडाइँमा एसडीएफ अमेरिकाको मुख्य सहयोगी भए पनि यसै महिना उत्तरी सिरियाबाट आफ्नो सैनिक फिर्ता बोलाएर अमेरिकाले कुर्दहरूमाथि टर्कीको आक्रमणको बाटो खोलेको थियो । अमेरिकाले सिरियामा रहेका आफ्ना सहयोगी र अन्य देशलाई समेत बग्दादीमाथिको आक्रमणको सूचना दिएको थियो ।
अमेरिकाले टर्की, इराक, उत्तरी सिरियामा रहेका कुर्दिश बल र रुसलाई बग्दादीमाथिको कारवाहीको सूचना दिएको हो । इदलिबको हवाई क्षेत्रमा यिनीहरूकै नियन्त्रण छ । बग्दादीको शवका केही टुक्रालाई प्राविधिकहरूले हेलिकप्टरमा हालेर लगेको पनि बताइएको छ । बग्दादीको शव भने बिन लादेनको जस्तै समुद्रमा फालिएको बताइएको छ । (एजेन्सी)

Next Post

प्रहरीको गोली लागेर कपिलवस्तुमा एकको मृत्यु

१३ कार्तिक २०७६, बुधबार १५:३२
सदरलाइनडटकम, कपिलवस्तु : कपिलवस्तुको कृष्णनगरमा जारी कर्फ्यू आदेश अवज्ञा गर्ने १ जनामाथि प्रहरीले गोली चलाएको छ । प्रहरीको गोली लागेर स्थानीय २० वर्षीय सुरजकुमार पाण्डेको मृत्यु भएको छ । प्रहरीले झडप नियन्त्रण लिन बुधबार विहान ५० सेल अश्रुग्यास हानेको छ । स्थानीय वासिन्दाबीचको विवाद नियन्त्रणमा लिने क्रममा केही प्रहरीसमेत घाइते […]

सम्बन्धित