आईसीसी टी २० मा नेपाल १२औँ स्थानमा

  
  प्रकाशित मितिः सोमवार, कार्तिक ११, २०७६       | 54 Views   ||

सदरलाइनडटकम,
काठमाण्डौ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी २० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले गत बिहीवार अद्यावधिक गरेको टी २०को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ स्थानमा उक्लिएको हो ।
अघिल्लो वरियतामा नेपाल १३ औंँ स्थानमा रहेको थियो । नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ । एसोशिएट राष्ट्रमध्येको टी २० वरीयतामा नेपाल शीर्ष स्थानमा छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक ११, २०७६     1:29:21 PM  |