आईसीसी टी २० मा नेपाल १२औँ स्थानमा

११ कार्तिक २०७६, सोमबार १३:२९
 

सदरलाइनडटकम,
काठमाण्डौ : अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको टी २० वरीयतामा नेपालले एक स्थान सुधार गरेको छ । आईसीसीले गत बिहीवार अद्यावधिक गरेको टी २०को नयाँ वरियतामा नेपाल एक स्थान सुधार गर्दै १२ औंँ स्थानमा उक्लिएको हो ।
अघिल्लो वरियतामा नेपाल १३ औंँ स्थानमा रहेको थियो । नयाँ वरीयता अनुसार नेपालले २१ खेलबाट १८९ अंक पाएको छ । एसोशिएट राष्ट्रमध्येको टी २० वरीयतामा नेपाल शीर्ष स्थानमा छ ।

Next Post

भारतमा तीन नेपालीको हत्या

११ कार्तिक २०७६, सोमबार १३:२९
सदरलाइनडटकम, बैतडी : भारतको पिथौरागढमा तीन नेपाली मजदुरको हत्या भएको छ । उनीहरुको कात्तिक ८ शुक्रवार हत्या भएपनि आइतवार मात्रै जानकारी भएको छ । बैतडीको पुरचौंडी नगरपालिका–५ दहतालीका ३६ वर्षीय हरे बोहरा र २७ वर्षीय बीरा बोहरा तथा पुरचौंडी–४ भटना तडीखेतका ३६ वर्षीय कासी बोहराको हत्या भएको जिल्ला समन्वय समितिका […]