नेपालगञ्जमै ताजा फूलको लागि ‘चर्तिफ्लोरा’

९ कार्तिक २०७६, शनिबार १६:००
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : बाँकेको नेपालगन्जमा पर्व तथा समारोह सजावटलाई आवश्यक पर्ने फूलका लागि भारतीय बजार धाउन नपर्ने गरी फुल विक्रिकेन्द्र सञ्चालनमा ल्याईएको छ ।
नेपालगन्जको औद्योगिक क्षेत्रको सपिङ्ग कम्प्लेक्सको २० नं.सटरमा सञ्चालनमा ल्याईएको चर्तिफ्लोरा’ले पर्व तथा समारोह विषेशलाई लक्षित गरी आबश्यक पर्ने फूल तथा गिफ्ट आईटम विक्रि केन्द्र सञ्चालनमा ल्याईएको हो ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुल वाहिद मन्सुरी चुन्नाले नेपालगञ्जमा पर्व तथा विभिन्न समारोहलाई सजावट गर्दा आवश्यक पर्ने फूल मालाका लागि भारत धाउनु पर्ने बाध्यतालाई चर्तिफ्लोरा’ले हटाई आफ्नै घरदैलोमा नै आफुले रोजेको फूल उपलब्ध हुने विश्वास व्यक्त गरे ।
उनले नेपालगञ्जमा विभिन्न समुदायका पर्वहरु, विवाह, तथा समारोहको लागि आवश्यक पर्ने फूलको लागि भारतको लखनउ वा काठमाण्डौबाट बासी फूल मगाउनु पर्ने बाध्यता टर्नुको साथै निजि क्षेत्रबाट फूलको खेती सहितको विक्रि केन्द्र स्थापना हुने हर्षको कुरा भएको बताए ।
चर्तिफ्लोरा’ले गुलाव, सयपत्री, मखमली फूल तथा विभिन्न प्रकारको फूलको खेती र बजारीकरण गर्दै स्थानीय महिलालाई रोजगारी दिने उद्देश्यले सञ्चालनमा ल्याईएको सञ्चालक बिन्दू चर्तिमगरले जानकारी दिईन । उनले विक्रि केन्द्रसंगै फूलको खेती समेत सुरु गरेको बताईन । उनले प्रारम्भिक चरणमा करिव २० लाख बढी लगानी भएको जानकारी दिदै गृहणी महिलाको लागि घरमै बसेर पनि रोजगारी दिने बताईन ।
सो पसलको नेपालगन्ज उपमहानगरका मेयर डा धवल शम्शेर राणाले उद्घाटन गरेका थिए । उद्घाटन पछि विभिन्न व्यक्तिहरुले आसन्न तिहारको लागि आवश्यक पर्ने फूल समेत किनेर लगेका छन् । फ्लोरा

Next Post

ठगीमुद्दामा फरार सल्मानी प्रहरी नियन्त्रणमा

९ कार्तिक २०७६, शनिबार १६:००
सदरलाइनडटकम, कोहलपुर (बाँके) :  ईलाका प्रहरी कार्यालय कोहलपुरले ठगी मुद्दामा फरार अभियुक्तलाई नियन्त्रणमा लिएएको छ । प्रहरीले लेनदेन सम्बन्धी ठगी मुद्दामा फरार अभियुक्त बैजनाथ–५ का साहिद हुसेन सल्मानीलाई नियन्त्रणमा लिएको जनाएको छ । सल्लमानीलाई बैजनाथ –५ कै सन्तोष कुमार अहिरको जाहेरीले बाँके जिल्ला अदालतबाट २०७६ जेठ ९ गते लेनदेनको २ […]

सम्बन्धित