तिहार मान्न उपराष्ट्रपति पुन रोल्पामा

९ कार्तिक २०७६, शनिबार १४:०१
 

सदरलाइनडटकम,
रोल्पा : उपराष्ट्रपति नन्दबहादुर पुन पुर्ख्यौली घर पुगेका छन् । परिवर्तन गाउँपालिका–२ रांसीको डाँडागाउँमा जन्मघर भएका उनी तिहार मनाउन आएको बताइएको छ । पहिलो कार्यकाल उपराष्ट्रपति भएका बेला घर आएका उपराष्ट्रपति पुनको दोस्रो कार्यकालपछिको यो पहिलो आगमन भएको उनका भाइ भीमप्रकाश पुनले जानकारी दिए ।
उपराष्ट्रपति पुनले तिहारमा दिदीबहिनीको हातबाट टीका ग्रहण गर्ने कार्यक्रम छ । उनी गाउँपालिका स्तरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका तय रहेको वडाध्यक्ष हरिप्रसाद बुढाले जानकारी दिए ।
स्थानीय सरकार गठनपछि पहिलोपटक गृह गाउँपालिका आएका उपराष्ट्रपतिलाई स्थानीयले झाँकी तथा बाजागाजासहित भव्य स्वागत गरेका थिए । आफ्नो गाउँपालिकामा उपराष्ट्रपतिको आगमनले आफूहरु निकै हर्षित भएको गाउँपालिकाका अध्यक्ष निमकान्त डाँगीले प्रतिक्रिया दिए ।

Next Post

विप्लवका सल्यान जिल्ला सदस्य पक्राउ

९ कार्तिक २०७६, शनिबार १४:०१
सदरलाइनडटकम, सल्यान : नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वकोे नेकपाका सल्यान जिल्ला कमिटी सदस्य भद्र डाँगीलाई प्रहरीले गिरफ्तार गरेको छ । बागचौर नगरपालिका–२ घर भएका जिल्ला सदस्य भद्र डाँगी ‘टाइगर’लाई प्रहरीले शनिवार बिहान गिरफ्तार गरेको हो । घरमा सुतिरहेको अवस्थामा प्रहरीले गिरफ्तार गरेको उनको परिवारले जनाएको छ । उनलाई जिल्ला प्रहरी […]