मुख्यमन्त्री पोखरेलद्वारा बाँकेको जानकी गाउँपालिका कार्यालय निर्माणस्थलको निरिक्षण

  
  प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६       | 196 Views   ||

सदरलाइनडटकम,
जानकी (बाँके) :  पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले बाँकेको जानकी गाउँपालिकाको निर्माणाधिन अवस्थामा रहेको गाउँपालिका भवनको स्थलगत निरिक्षण गरेका छन् ।
नेकपा जानकी गाउँपालिका कमिटिले विभिन्न पर्वहरुको अवसरका आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमलाई बुधबार संबोधनपछि जानकी गाउँपालिकाको भवन निर्माण स्थल वडा नं. ३ मानपुरमा पुगेर स्थलगत निरिक्षण गरेका हुन ।
गाउँपालिका कार्यालय स्थलमा प्रदेश सरकारको सहयोगमा निर्माण भएको सभा हलको समेत उनले अवलोकन गरेका थिए ।
जानकी गाउँपालिका अध्यक्ष रामनिवास यादवले गाउँपालिका कार्यालय निर्माणका लागि प्रयाप्त जमिन भएको र सबैको केन्द्रभागमा रहेको मानपुर भएको यस स्थानमा गाउँपालिका निर्माणका लागि प्रदेश सरकारलाई सिफारिस गरी पठाएको समेत जानकारी दिएका थिए ।
सो अवसरमा नेकपा बाँकेका अध्यक्ष इन्द्रप्रसाद खरेलले गाउँपालिका निर्माणका लागि प्रदेश सरकारको सहयोग अनिवार्य रहेको बताए । गाउँपालिका निर्माणका लागि कम्तिमा पनि ३० वर्षसम्मको अवस्थालाई ध्यानमा राखेर संरचना निर्माण गर्नु पर्ने र ऐलानी जमिनको संरक्षण पनि गर्नु पर्ने गाउँपालिकाको भूमिका रहेको सोही अनुसारको काम गर्न मुख्यमन्त्रीले निर्देशन दिए ।
प्रदेश सरकारको ५० लाखको आर्थिक सहयोगमा गाउँपालिकाले निर्माण गर्न लागेको भवन अन्तिम चरणको काम भइरहेको छ । साविक खजुराखुर्द गाविस भवन रहेको स्थानबाट गाउँपालिकाको काम भइरहेकोमा गाउँपालिकाले मानपुरमा गाउँपालिकाको केन्द्र स्थापनाका लागि यस भन्दा पहिले नै निर्णय गरेको थियो ।

प्रकाशित मितिः बिहिबार, कार्तिक ७, २०७६     3:50:45 PM  |