भारतबाट ल्याईएको बोईलर कुखुरा र मोटरसाईकल नियन्त्रणमा

६ कार्तिक २०७६, बुधबार १०:५३
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : भारतबाट अनाधिकृत रुपमा नेपालगञ्ज ल्याउदै गरेको ११८ किलो बोईलर कुखुरा मोटासाईकल सहित राष्ट्रिय अनुसन्धानबाट सादा पोषाकमा खटेका प्रहरीको टोलीले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि पशु क्वारेन्टाईनमा बुझाएको छ ।

बुधबार बिहान साढे पाँच बजे युपी ४० सी २२७२ नंम्बरको हिरोहोण्डा मोटरसाईकलमा ल्याउदै गरेको भारतमा उत्पादित कुखुरा नेपालगञ्ज–१० गढरेनपुरबाट नियन्त्रणमा लिएको हो ।

साईगाउ क्षेत्रबाट कुखुरा लिएर मोटरसाईकल चलाएर आउने ब्यक्ति सादा पोषाकमा खटिएका राष्ट्रिय अनुसंधानको टोलीलाई देखेपछि मोटरसाईकल छाडेर भागेका थिए ।


सो मोटरसाईकल र त्यसमा ल्याईएका कुखुरा आवश्यक कारवाहीको लागि भन्सार राजस्व सुरक्षाको लागि खटेको सशस्त्र प्रहरीको टोली मार्फत पशु क्वारेन्टाईन पठाईएको छ ।

भरतमा बर्डफ्लुको सक्रमण फैलिएपछि भारतबाट पन्छि तथा पन्छिजन्य पदार्थ नेपाल ल्याउन प्रतिबन्धित भएपनि तस्करीको माध्यामबाट यसरी नै कुखरा र चल्ला नेपाल भित्र्याउने गरिएको छ ।

Next Post

आफ्नो पहिचान छुट्टिने योजना निर्माण गर : मुख्यमन्त्री पोखरेल

६ कार्तिक २०७६, बुधबार १०:५३
सदरलाइनडटकम, खजुरा (बाँके)  :  प्रदेश नंम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले खजुराको छुट्टै पहिचान झल्कने गरी योजना बनाउन आग्रह गरेका छन् । बाँकेको खजुरा गाउँपालिकाको आयोजनामा बुधबारदेखि खजुरा बजारमा सुरु भएको वृहद खजुरा सम्मेलनको उद्घाटन गर्दै मुख्यमन्त्री पोखरेलले सो कुरा बताएका हुन । उनले आफ्नो पहिचान नछट्ुने खालको खजुराको छुट्टै […]