खजुरा सम्मेलनको तयारी तीब्र

४ कार्तिक २०७६, सोमबार १९:१३
 

सदरलाइनडटकम,
खजुरा (बाँके) : खजुरा गाउँपालिकाको आयोजनामा कात्तिक ६ र ७ गते बृहत खजुरा सम्मेलन हुने भएको छ । ज्ञानोदय नमूना माविमा हुने सम्मेलनको तयारी अन्तिम चरणमा रहेको सोमवार पत्रकार सम्मेलनमार्फत जनाइएको छ । सम्मेलनलाई भब्य र सभ्यरुपमा सम्पन्न गर्न खजुरा गाउँपालिकाका शिक्षा विज्ञ भक्तबहादुर केसीको संयोजकत्वमा वहृत खजुरा विकास सम्मेलन व्यवस्थापन समिति निर्माण गरिएको छ ।
व्यवस्थापन समितिले सम्मेलनका विभिन्न तयारीलाई तीव्र रुपमा अगाडि बढाएको छ । कात्तिक ६ गते विहान ११ बजे प्रदेश नं. ५ का मुख्यमन्त्री शंकर पोख्रेलले सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
खजुरा समृद्धिका आधार, अवसर र सम्भाव्यतालाई पहिल्याउँदै खजुरा गाउँपालिकाको नीतिगत प्राथमिकता तय गर्न सहज वातावरण बनाउन, सहभागितामुलक, लोकतान्त्रिक तथा समावेशी आर्थिक विकास गर्न, खजुरा गाउँपालिकाको योजना निर्माणका लागि मार्गरेखा तय गर्न, दीगो र समतामुलक विकासको आयम र प्रवद्र्धनका अभ्यास यसको प्रभावबारे सिकाई आदानप्रदान गर्न र खजुरा क्षेत्रका विषय विज्ञ, प्राज्ञिक सामाजिक तथा आर्थिक विकासमा अभ्यासरत व्यक्तित्वहरुबाट पृष्ठपोषण ग्रहण गर्ने उद्देश्यले सम्मेलनको आयोजना गर्न लागिएको हो ।
२ दिनसम्म सञ्चालन हुने सम्मेलनमा खजुरा क्षेत्रका तथा खजुरामा स्थायी बसोबास रही कामको शिलशिलामा बाहिर रहेका २५० जना बढी महानुभावहरुको सहभागिता रहने गाउँपालिका अध्यक्ष किस्मतकुमार कक्षपतिले बताए ।

Next Post

कोहलपुरलमा आठ जुवाडे पक्राउ

४ कार्तिक २०७६, सोमबार १९:१३
सदरलाइनडटकम, कोहलपुर (बाँके) : तिहार नजिकिँदै गर्दा तीब्र हुन थालेको जुवाडेहरुको गतिविधीलाई निस्तेज पार्ने अभियान थालेको छ । सोही अभियानअन्तर्गत कोहलपुर प्रहरीले सोमवार राती ८ जुवाडे पक्राउ गरेको छ । दशैंतिहारमा ठुला जुवाडेहरु बढि सक्रिय हुने भएकाले त्यस विरुद्ध अभियान चलाईएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख हेम बहादुर शाहीले बताए […]