बाँकेमा पनि मनाईयो कण्डम दिवस 

  
  प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६       | 283 Views   ||

सदरलाइनडटकम,
नेपालगञ्ज  :  बाँकेमा पनि विभिन्न कार्यक्रमका साथमा २५ औ राष्ट्रिय कण्डम दिवश मनाईएको छ । ‘दोहोरो सुरक्षाको लागि कण्डमको प्रयोग गरौ’ भन्ने मुलनाराका साथ नेपालगञ्जको धम्बोझी चोकमा सो दिवश मनाईएको हो ।
सो अवसरमा यौन रोगका बारेमा जनचेतनामुलक पर्चा वितरण गर्नुको साथै रिक्सा, अटो, तथा बस, मिनि बसका प्यासेन्जर, चालक, सहचालकलाई निशुल्क कण्डम वितरण गरिएको थियो ।
कण्डमको प्रयोगले जन्मान्तर तथा यौनरोगबाट बचाउनुको साथै परिवारको आकार सिमसत गरी स्वास्थ्य जीवनयापन र समुन्नत परिवारको निर्माणमा अहम भुमिका रहने भरपर्दो साधन भएकोले सचेतना संगै दिवस मनाईएको हो ।
सोही कार्यक्रममा निशुल्क यौनरोग तथा एचआईभि टेष्टको पनि व्यवस्था गरिएको स्वास्थ्य कार्यालय बाँकेका जनस्वास्थ्य अधिकृत तथा फोकलपर्शन रामबहादुर चन्दले जानकारी दिए ।
बाँकेमा आर्थिक वर्ष २०७५÷०७६ को अभिलेख अनुसार १३ जना तेस्रो लिङ्गीसहित १ हजार १ सय एक जना एचआईभि संक्रमित रहेका छन् । जसमध्ये एआटी खानेको संख्या ४ सय ६० रहेको र हालसम्म एचआईभि एड्सका कारण मृत्यु भई सकेको छ ।

प्रकाशित मितिः सोमवार, कार्तिक ४, २०७६     1:24:06 PM  |