प्रदेश लोकसेवा आयोगमा गौतम र पोखरेल नियुक्त

३० आश्विन २०७६, बिहीबार १६:४१
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश नं. ५ को प्रदेश लोकसेवा आयोगको सदस्यमा बाबुराम गौतम र राहेल पोखरेल नियुक्त भएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको संयोजकत्वकोे सिफारिस समितिको सिफारिसमा प्रदेश लोकसेवा ऐन अनुसार प्रदेश प्रमुख उमाकान्त झाले बिहीवार आयोगमा एक महिलासहित दुई जना सदस्य नियुक्त गरेका हुन् ।
गुल्मीको दरबार गाउँपालिका २ निवासी गौतम र रुपन्देहीको साविक टिकुलीगढ १ निवासी पोखरेललाई आयोगको सदस्यमा नियुक्त गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

Next Post

प्रदेस सांसद नमुनाद्वारा फैजिकिरा प्रभावित क्षेत्रको स्थलगत अनुगमन

३० आश्विन २०७६, बिहीबार १६:४१
सदरलाइनडटकम, राप्तीसोनारी (बाँके) : बाँकेमा पाक्ने बेलाको धानबालीमा फैजिकिराको प्रकोप नियन्त्रण बाहिर हुँदा सयौ मेट्रिक धान उत्पादनमा ह्रास आउने भएको छ । गत असोज १९ गतेदेखि एक्कासी प्रकोपको रुपमा देखापरेको फैजिकिराले पाकेर भित्र्याउन तयारी रहेको धानको बाला काटेर नोक्सान पार्नुको साथै काटेर राखेको धानमा समेत नोक्सानी पुराएको हो । कृषि […]